सांसदका प्रश्नको जवाफ सरकारले कहिले दिन्छ ? | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८१, आइतबार

सांसदका प्रश्नको जवाफ सरकारले कहिले दिन्छ ?

काठमाडौं,१८ फागुन । सभामुखको देवराज घिमिरेले संसद बैठकमा सांसदहरुले उठाएका विभिन्न समसामयिक विषयहरुको जवाफ आगामी फागुन २१ गते बस्ने बैठकमा दिन सरकारलाई रुलिङ गर्नुभएको छ ।

शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा पनि प्रतिपक्ष दल नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीले बालकुमारी घटनामा दोषी करार मन्त्रीको राजीनामा नआएको र प्रधानमन्त्रीले पनि संसदमा आएर कुनै जवाफ नदिएको भन्दै बैठक अवरोधको प्रयास गरेका थिए । त्यस्तै मिटरब्याज, लघुवित्त र सहकारी पीडितहरुको समस्या समाधानमा जिम्मेवार नभएको, रुसी सेनामा नेपाली भर्ती भएको विषय लगायतमा प्रतिपक्ष दलहरुले पटक पटक सरकारलाई प्रश्न सोधेपनि उत्तर नपाएको भन्दै आन्दोलन जारी रहेको बताएका थिए । लगत्तै सभामुख घिमिरेले आफूले यस अघिको बैठकमा पनि सरकारलाई बैठकमा उपस्थित भएर जवाफ दिन निर्देशन दिइसकेको बताउनु भयो । उहाँले सभाको फागुन २१ गते बस्ने बैठकमा समसामयिक विषयहरुको सन्दर्भमा जवाफ दिन सरकारलाई रुलिङ गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘माननीय सदस्यहरुले उठाउनुभएको विषयका सम्बन्धमा यस अघिका बैठकहरुमा सरकारलाई बैठकमा उपस्थित भइ जवाफ दिन स्पष्ट निर्देशन दिइसकिएको व्यहोरा म जानकारी गराउँदछु । म यसलाई फेरि भन्दछु, माननीय सदस्यहरुले उठाउनुभएको विषयको सम्बन्धमा यस अघिका बैठकहरुमा सरकारलाई बैठकमा उपस्थित भई जवाफ दिन स्पष्ट निर्देशन गरिसकेको व्यहोरा जानकारी गराउँछु । माननीय सदस्यहरुले आजको बैठकमा पनि विभिन्न विषयका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउँदै जवाफको माग गर्नुभएको छ, आज र यसअघि उठेका विषयहरुमा सभाको मिति २०८० साल फागुन २१ गते बस्ने बैठकमा उपस्थित भइ जवाफ दिन नेपाल सरकारलाई म निर्देश गर्दछु ।’ सभामुखको रुलिङ सँगै प्रतिनिधि सभाको बैठक सहज रुपमा सुचारु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);