निजी क्षेत्रले भन्यो–सबै राजनीतिक दलको आर्थिक मुद्दामा एकरुपता हुनुपर्छ | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

निजी क्षेत्रले भन्यो–सबै राजनीतिक दलको आर्थिक मुद्दामा एकरुपता हुनुपर्छ

काठमाडौं,१८ फागुन । निजी क्षेत्रले मुलुकमा भएका सबै राजनीतिक दलको आर्थिक मुद्दामा एकरुपता हुनुपर्नेे बताएको छ । बिहीवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठक बोल्दै सबै निजी क्षेत्रका प्रतिनिधिहरुले यस्तो धारणा राखेका हुन् । उनीहरुले फरक–फरक सिद्धान्त बोकेका राजनीतिक दलहरु भएपनि मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउने विषयमा एकरुपता हुनुपर्नेमा जोड दिए । उनीहरुले सरकारले मुलुकभित्रका उद्योगी व्यवसायीहरुलाई लगानी गर्ने वातावरण र विश्वास दिलाए मात्रै मुलुक आर्थिक रुपमा समृद्ध हुनसक्ने दाबी गरे ।

उद्योगी व्यवसायीहरुले सरकारले निजी क्षेत्रको कन्फिडेन्ट उच्च बनाउनको लागि वर्तमान समस्या समाधान गरी आवश्यक नीतिगत सुधार गर्न आवश्यक रहेको बताए । उनीहरुले व्यवसायीहरुले राजश्व अनुसन्धान र सम्पती शुद्धीकरण अनुसन्धान विभागले व्यवसायीहरुलाई आतंकित बनाएको भन्दै कानूनी दोहोरो पनलाई हटाउन सांसदहरुसँग माग गरे । उनीहरुले निजी क्षेत्रलाई नियमन र अनुगमन गरी नियन्त्रण एकद्वारबाट गर्न आवश्यक रहेको धारणा राखे । उद्योगी व्यवसायीहरुको सम्पति मूल्याङ्कन अभिलेखिकरण अहिलेसम्म नभएकाले सरकारले उद्योगी व्यवसायीहरुको सम्पति अभिलेखिकरण गर्न पाउने व्यवस्था गर्न माग गरे । उनीहरुले उद्योगी व्यवसायीहरुलाई राजश्व अनुसन्धान, सम्पती शुद्धीकरण र आन्तरिक राजश्व विभागले एउटै विषय हेर्दा व्यवसायीलाई सानो कर छलीमा पनि झन्झट भएको भन्दै सहजिकरण गर्नुपर्ने माग राखे । कालोधन राजश्व अनुसन्धानले र सम्पती शुद्धीकरण सम्पतीको शुद्धीकरण गरेको मुद्दा हेर्ने व्यवस्था हुनुपर्ने धारणा राखे । उनीहरुले कर छली कुन निकायले नियमन गर्ने ऐनमा स्पष्ट हुन आवश्यक रहेको भन्दै देवानी र फौजदारी अन्तर्गत पर्ने दायित्व स्पष्ट हुन जरुरी रहेको बताए । समिति बैठकमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले फरक राजनीतिक दलको प्रतिनिधित्व हुँदा पनि आर्थिक मुद्दामा सबैको एकरूपता हुनुपर्ने बताउनु भयो । उहाँले पछिल्लो समय निजी क्षेत्रको आत्मविश्वास साँच्चै कमजोर भएको बताउनु भयो । उहाँले अहिले समस्या सम्बोधन गर्ने भन्दा पनि चर्चाका लागि सरकारले काम गरिरहेको आरोप लगाउनु भयो । उहाँले सरकारको कुनै निकायले लिने निर्णयबाट समग्र अर्ततन्त्रमा कस्तो प्रभाव पर्छ भन्ने विषयमा सरकारले नजरअन्दाज गरेका औंल्याउनु भयो । उहाँले लगानी सम्मेलन हुँदा आन्तरिक लगानी र प्रत्यक्ष वैदेशिक लगानीको समस्या सम्बोधन गर्नुपर्ने सुझाव दिएको बताउनु भयो । उहाँले निजी क्षेत्रलाई अख्तियारले हेर्ने व्यवस्था आएको भन्दै त्यस्तो हुन नहुने बताउनु भयो । उहाँले निजी क्षेत्रलाई हेर्ने ओभरसाइट एजेन्सी धेरै भएको बताउनु भयो । उहाँले निजी क्षेत्रले अनियमितता गर्न छुट पाउनु नभनेको भन्दै भएका एजेन्सीलाई नै प्रभावकारी बनाउन आवश्यक रहेको बताउनु भयो ।

समिति बैठकमा बोल्दै नेपाल उद्योग परिसंघ अध्यक्ष राजेश अग्रवालले अर्थतन्त्रमा ठूलो समस्या रहेको बताउनु भयो । उहाँले आयात घटेको र माग घटेका कारण उद्योगीहरू लगानी बिस्तार गर्ने मनस्थितिमा नरहेको उल्लेख गर्नुभयो । उहाँले राजस्व अनुसन्धान, सम्पती शुद्धीकरण र आन्तरिक राजश्व विभागले एउटै विषय हेर्दा व्यवसायीलाई समस्या भएको बताउनु भयो । उहाँले कालोधन राजश्व अनुसन्धानले र सम्पती शुद्धीकरण सम्पत्तिको शुद्धीकरण गरेको मुद्दा हेर्नुपर्ने बताउनु भयो । उहाँले कर छलीमा देवानी र फौजदारी अन्तर्गत पर्ने दायित्व स्पष्ट हुन जरुरी रहेको धारणा राख्नुभयो । उहाँले राजश्व अनुसन्धानले व्यापार–व्यवसाय शिल गरेर आवश्वक कागजात जफत गरेपछि ४८ घण्टामा व्यापार–व्यवसाय गर्न दिनुपर्ने बताउनु भयो । उहाँले राजश्व अनुसन्धानको समय धेरै लामो हुने भएकाले यसमा समय तोक्न आवश्यक रहेको बताउनु भयो। उहाँले आर्थिक कसुरमा आर्थिक जरिवाना मात्रै हुनुपर्ने बताउनु भयो। उहाँले राजश्व अनुसन्धानमा बेनामी उजुरी दिने प्रवधानलाई खारेज गर्नुपर्ने बताउनु भयो ।

त्यस्तै,नेपाल चेम्बर अफ कमर्स अध्यक्ष राजेन्द्र मल्लले उद्योगी व्यवसायीलाई राज्यबाट धेरै नियमन भएको बताउनु भयो । उहाँले राज्यको चौतर्फि नियन्त्रणले उद्योगी व्यवसायीहरु पछिल्लो समय धेरै मर्कामा रहेको दाबी गर्नुभयो । उहाँले विगतको व्यवसायलाई व्यवस्थापन गरौं नयाँ काम नगरौं भन्ने मनसायमा व्यवसायीहरु रहेको बताउनु भयो । उहाँले उद्योगी–व्यवसायीको आत्मशक्ति क्षिण भएको अवस्था रहको बताउनु भयो । उहाँल व्यवसायीहरुलाई कुनै सानो कर छलीमा राजश्व अनुसन्धान, सम्पती शुद्धीकरण सबैले हेर्ने हुँदा व्यवसायी नै त्रसित बनाउने अवस्था रहेको बताउनु भयो । उहाँले अनुसन्धान सबै निकायबाट भन्दा पनि एउटा निकायबाट गर्ने व्यवस्था गर्नु आवश्यक रहेको बताउनु भयो । उहाँले सम्पती शुद्धीकरणले छानबिन गर्दा व्यवसायीको सम्पती कुन बेला कसरी कमाएको भन्ने तथ्यांक नभएको बताउनु भयो। उहाँले सरकारले एकपटक सबै नागरिकलाई सम्पती स्वघोषणा गर्न दिएपछि मात्रै कडाइका साथ छानबिन गर्नुपर्ने बताउनु भयो । अध्यक्ष मल्लले करको दरभन्दा दायरा बढाउनुपर्ने सुझाव दिनुभयो । उहाँले ४० देखि ४२ प्रतिशत ‘ग्रे मार्केट’ रहेको दाबी गर्नुभयो । त्यस्तै, निर्माण व्यवसायी महासंघ अध्यक्ष रवि सिंहले राजश्व परिचालन सही ढंगमा नभएर निर्माण व्यवसायीले समस्या झेलिरहेको बताउनु भयो । उहाँले राजश्व परिचालन नहुँदा निर्माण व्यवसायीहरुको भुक्तानी हुन नसकेको दाबी गर्नुभयो । उहाँले हरेक व्यवसायमा अनौपचारिक माध्यमबाट हुने आयातको दबदबा रहेको भन्दै सरकारले राजस्व चुहावट नियन्त्रण गम्भिर हुन आवश्यक रहेको बताउनु भयो । उहाँले सम्पती शुद्धीकरण आरोप लागेपछि त्रसित हुने भन्दा पनि क्लिन हुने अवस्थाको वातावरण सरकारले बनाउनुपर्ने धारणा राख्नुभयो ।

चेम्बरका अध्यक्ष मल्लले सरकारले पछिल्लो समय व्यवसायीहरुलाई सानो गल्तीमा पनि सरकारका जुनसुकै निकायले समाउने गरेको बताउनु भयो । अध्यक्ष मल्लले बैंकर्सलाई बैंकिङ कसुरमा भनेर थुनिएको भन्दै बैंकिङ सम्बन्धि राष्ट्र बैंकबाट नियमन हुने विषय भएको बताउनु भयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);