संसद्लाई छलेर प्रचण्ड हिडेको सांसदहरुको आरोप | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

संसद्लाई छलेर प्रचण्ड हिडेको सांसदहरुको आरोप

काठमाडौं,१४ फागुन । प्रतिपक्षी दलहरूले उठाएको प्रश्नको जवाफ दिन प्रधानमन्त्री संसद नआएको भन्दै प्रमुख प्रतिपक्षी दल एमालेले आक्रोश व्यक्त गरेको छ । आइतबार बसेको प्रतिनिधि सभामा आकस्मिक समय मागेर एमाले प्रमुख सचेतक पदम गिरीले संसद्लाई जवाफ नदिई प्रधानमन्त्री संसद्लाई छलेर हिँडिरहेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

गिरीले भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत, संस्कृति, पर्यटन तथा नागरिकमन्त्री सुदन किराँती र उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्नुभयो । उहाँले बालकुमारी घटनामा दोषी देखिएका मन्त्री प्रकाश ज्वाला, युवामाथि गोली प्रहार गर्न आदेश दिने गृहमन्त्री श्रेष्ठ, अख्तियारमा बयान दिन जाने स्वास्थ्यमन्त्री बस्नेत र रामग्रामको जग्गा भाडामा लगाउने विवादास्पद निर्णय गर्ने पर्यटनमन्त्री किराँतीले तत्काल राजीनामा दिन आवश्यक रहेको बताउनु भयो ।

सरकारले सुनुवाइ नगरेको भन्दै एमालेले बैठक अवरुद्ध गरेपछि प्रतिपक्षले उठाएको विषयको जवाफ दिन सभामुख देवराज घिमिरेले फेरी पनि रुलिङ गर्नुभएको छ । यसअघिको बैठकमा पनि सभामुखले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन रुलिङ गरिसक्नु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);