काठमाडौं,१३ फागुन । आईसिसि विश्वकप लिग टु को नेपाल सिरिजअन्तर्गत त्रिदेशीय एकदिवसीय श्रृंखलामा नेपाल र नेदरल्याण्डबीच अन्तिम खेल हुँदैछ । आज बिहान साढे ९ बजे त्रिभूवन विश्वविद्यालयको खेल मैदानमा प्रतिष्पर्धा हुन लागेको हो ।
तीन खेलमध्ये एक÷एक खेल जितेका नेदरल्याण्ड र नेपाल आज एकअर्कालाई हराउने लक्ष्यका साथ मैदान उत्रिँदैछन् । नामिबिया भने चारमध्ये तीन खेलमा जित हासिल गर्दै अंकतालिकाको शिर्ष स्थानमा रहेको छ ।
नेदरल्याण्डले नामिबिया र नेपालले नेदरल्याण्डमाथि जित हाँसिल गरेका थिए । यसअघिको खेलमा नेदरल्याण्डलाई नेपालले ९ विकेटले पराजित गरेको थियो ।