टिआरसी विधेयक पीडितमैत्री बनाएर मात्रै पारित गर्नुपर्ने बर्तौलाको सुझाव | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

टिआरसी विधेयक पीडितमैत्री बनाएर मात्रै पारित गर्नुपर्ने बर्तौलाको सुझाव

काठमाडौं,११ फागुन । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई छिटो टुंग्याउनुपर्ने बताउनुभएको छ । शुक्रवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नागरिकहरुले टिआरसी विधेयकलाई अझै कति अड्काउने भन्ने प्रश्न गरिरहेको भन्दै यसलाई छिटो सम्बोधन गर्न जरुरी रहेको बताउनु भयो । उहाँले समितिमा उठेका विषयहरुलाई छलफल गरी छिटो भन्दा छिटो पीडितमैत्री कानून बनाइ पारित गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले संक्रमणकालीन न्याय राजनीतिक प्रकृतिको विषय भएकाले सबैको सहमतिमा टुंग्याउन जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो कुरा हामी अझै कति अड्काउने ? यसमा प्रश्न उठेको छ । हामीले पनि यो बीचमा छलफलका क्रममा उठाएका महत्वपूर्ण विषयहरुमा कसरी अघि जाने भन्नेकुरामा सभापतिले फिनिसिङ कसरी आउँछ भन्नेकुरामा त्यसको आधारबाट यो तत्काल अहिले टुंगिने वा प्रक्रियाबाट, समय लिने भन्नेकुरा हुन्छ । यो महत्वपूर्ण छ, राजनीतिक प्रकृतिको विषय हो, लामो समयदेखि अफ्ठ्यारो हुँदै आएको विषय हो, छिटो गुर्नपर्छ भन्नेमा सबैको सहमति छ । समितिमा उठेका चार विषयमा केही साँघुरो हुन खोजेको छ, त्यसलाई एक ढंगले फिनिसिङ गरेर गयो भने समितिको मात्रै वर्नरसिपको कुरा हुँदैन । सबैले वर्नरसिप लिने किसिमको कुरा हो ।’

सचेतक बर्तौलाले सबैले न्याय पाएको महशुस हुनेगरी विधेयक टुंग्याउनुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);