उद्योगमैत्री कानुन निर्माण गर्न व्यवसायीकाे माग | ईमाउण्टेन समाचार

Our Network

पुष १३ २०८१, शनिबार

उद्योगमैत्री कानुन निर्माण गर्न व्यवसायीकाे माग

काठमाडौं, १२ माघ । उद्योगी, व्यवसायीहरुले उद्योगमैत्री कानुन निर्माण गर्न सरकार समक्ष आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, नेपाल चेम्वस अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले उद्योगमैत्री वातावरणको अभावमा नेपालका उद्योगधन्दाहरु बन्द गर्नुपर्ने अवस्थामा रहेकोतर्फ पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

भन्सार विभागले अन्तराष्ट्रिय भन्सार दिवसको अवसर पारेर शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष गोल्छाले उद्योग मैत्री वातावरण नबनाउने हो भने सिमेन्ट उद्योगसमेत बन्द हुने अवस्था रहेको बताए । उनले पूर्वाधार विकास तत्काल गर्न पनि सरकारसँग माग गरे ।

नेपाल नेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले व्यापार सहजीकरण सम्झौता लागू हुने गरी कानुन निर्माण गर्न सरकारसँग आग्रह गरे । उनले विश्वसनीय वातावरण बनाउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले उद्योगमैत्री ऐन निर्माण गरिदिन सरकारसँग आग्रह गरे । उनले लगानी मैत्री वातावरण नबने कै कारण नेपालका उद्योगी व्यवसायीहरुले पीडा भोग्नु परिरहेको गुनासो सुनाए ।

अध्यक्ष शर्माले नेपालको उद्यमशीलता विकासका लागि अनुकूल हुनेगरी ऐन, कानुन निर्माण गर्न ढिलाई नगर्न पनि सरकारको ध्यानाकर्षण गराए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);