इजरायली प्रदर्शनकारीद्वारा गाजा प्रवेश गर्ने मानवीय सहायता ट्रकहरू रोक्ने प्रयास | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८१, शनिबार

इजरायली प्रदर्शनकारीद्वारा गाजा प्रवेश गर्ने मानवीय सहायता ट्रकहरू रोक्ने प्रयास

एजेन्सी,१० फागुन । इजरायली प्रदर्शनकारीद्वारा गाजा प्रवेश गर्ने मानवीय सहायता ट्रकहरू रोक्ने प्रयास गरेका छन् ।

इजिप्ट र गाजापट्टीको सीमानामा पर्ने दक्षिणी इजरायलको केरेम शालोम क्रसिङमा सयौं इजरायली प्रदर्शनकारीहरू भेला भएर सामान रोक्ने प्रयास गरेका हुन् ।

सबै मानवीय सहायता ट्रकहरूले गाजा प्रवेश गर्नुअघि इजरायली सुरक्षा जाँचहरू पास गर्न आवश्यक हुन्छ ।

इजरायली सेनाले जनवरी २८ मा क्रसिङ बन्द सैन्य क्षेत्र हुनेछ भनी घोषणा गरेपनि प्रदर्शनकारीहरू गाजा पट्टीमा प्रवेश गर्नबाट आपूर्ति रोक्न प्रयास गर्न लगभग हरेक दिन भेला हुने गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);