एमाले कन्द्रीय कमिटी बैठकमा समूहगत छलफल शुरु | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

एमाले कन्द्रीय कमिटी बैठकमा समूहगत छलफल शुरु

काठमाडौं,९ फागुन । नेकपा (एमाले) को केन्द्रिय कमिटी बैठक बुधवार (आज) पनि जारी छ । पार्टी केन्द्रिय कार्यालय च्यासलमा जारी बैठकमा पार्टी नेताहरुले प्रश्तुत गर्नुभएका कार्ययोजनामाथि नौ वटा समूह बनाएर छलफल शुरु भएको हो ।

मंगलवारको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक विश्लेषण, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको शुद्धीकरण तथा सुदृढीकरण, उपाध्यक्ष विष्णु पौडेलले पार्टी निर्माणका सन्दर्भमा देखिएका समस्याहरुलाई समाधान गर्ने र समायानुकुल पार्टी निर्माण गर्ने, महासचिव शंकर पोखरेलले संगठनात्मक कामको समिक्षा र उपमहासचिव प्रदीप ज्ञवालीले जनसरोकार र जनदवावको खाकासहितको कार्ययोजना प्रश्तुत गर्नुभएको थियो । सोही कार्ययोजनामाथि समूहगत रुपमा छलफल शुरु गरिएको हो ।

एमालेले पुष्पलाल मध्यपहाडी लोकमार्गमा पार्टीले आयोजना गरेको समृद्धिका लागि संकल्प यात्राका क्रममा प्राप्त सुझाव कार्यान्वयनका लागि सरकारलाई बुझाएको छ । सोही सुझाव पत्र कार्यान्वयनका लागि बैठकले सरकारलाई दबाब दिने पनि पार्टीका उपमहासचिव ज्ञवालीले बताउनु भयो ।

भोलि (बिहीवार) सम्म चल्ने बैठकमा प्रश्तुत कार्ययोजनामाथि छलफल गर्न एमालेले स्थायी कमिटी, सात प्रदेशका सात समूह र उपत्यका विशेष समन्वय कमिटी, सम्पर्क समन्वय कमिटी र जनसंगठन, विभागहरु गरी नौ समूह बनाएको छ । समूहले प्रश्तुत गरेको निष्कर्षलाई समेत सम्बोधन हुनेगरी अध्यक्ष ओलीले सम्बोधन गरेपछि बैठक समापन हुनेछ । बैठकको शुरुमै अध्यक्ष ओलीले सरकार पूर्णतः असफल रहेको उल्लेख गर्दै जनताको पक्षमा काम गर्न दबाब आन्दोलनको तयारीमा रहन नेता कार्यकर्तालाई निर्देशन दिनुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);