आजदेखि राप्रपाको जनप्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८२, बिहीबार

आजदेखि राप्रपाको जनप्रदर्शन

काठमाडौं,९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीको जनआन्दोलनको कार्यक्रम आजबाट शुरु हुँदैछ ।

राप्रपाले राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना, प्रदेश संरचनाको खारेजी, बलियो केन्द्र र अधिकारप्राप्त स्थानीय तह रहेको दुई तहको सरकार, भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभुति लगायत राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाह एवं जनजीविकासँग प्रत्यक्ष सम्बन्धित तथा मुलुकको दीर्घकालीन हितका विभिन्न ४० बुँदे माग राखी जनप्रदर्शन गर्न लागेको हो ।

आजबाट काठमाडौं सहित देशभरका विभिन्न स्थानमा बिरोध प्रदर्शन गर्ने र प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने तथा दबाबमुलक कार्यक्रम गर्ने बताइएको छ । राप्रपाले यो आन्दोलन व्यवस्था परिवर्तनको आन्दोलन भएकाले पार्टीका सबै नेता÷कार्यकर्ताहरुलाई गम्भीर भएर लाग्न निर्देशन दिइसकेको छ । आफूले राखेका मागहरु पूरा नभएसम्म आन्दोलन स्थगित नगर्ने राप्रपाको अडान छ ।

Leave a Reply