आज पनि एमाले केन्द्रिय कमिटी बैठक जारी | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

आज पनि एमाले केन्द्रिय कमिटी बैठक जारी

काठमाडौं,९ फागुन । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको केन्द्रिय कमिटी बैठक आज पनि जारी छ । मंगलवारबाट पार्टी केन्द्रिय कार्यालय च्यासलमा शुरु भएको बैठकमा ४ वटा कार्ययोजनाहरु प्रश्तुत भएका थिए ।

जसमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिका विषयमा गहनतम विश्लेषणात्मक, संश्लेषणात्मक आफ्नो अहिलेको राजनीतिक घटनाक्रमको बारेमा समीक्षासहितको राजनीतिक विश्लेषण प्रश्तुत गर्नुभएको थियो ।

त्यस्तै पार्टीव्यापी रुपमा सञ्चालन हुने ०८१ को वैशाखदेखि सञ्चालन हुने पार्टीको शुद्धिकरण तथा सुदृढिकरण सम्बन्धी कार्ययोजना पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, पार्टी निर्माणका सन्दर्भमा देखिएका समस्याहरुलाई कार्यान्वयन गर्ने र समायानुकुल पार्टी निर्माण गर्ने खालको एउटा विषय पार्टीका उपाध्यक्ष विष्णु पौडेल, पार्टीको संगठनात्मक कामको समीक्षाको विषयमा पार्टीका महासचिव शंकर पोखरेल र पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले अहिलेका जनसरोकार र जनदबाबको कार्यक्रमको खाका प्रश्तुत गर्नुभएको थियो । खाकासम्बन्धी प्रश्तुत गरिएका कार्ययोजना र प्रश्तावहरुमाथि छलफल गर्नका निम्ति समग्र केन्द्रिय कमिटीको टिमलाई नौ वटा समूहमा विभाजन गरिएको छ ।

सम्पूर्ण पार्टी स्थायी कमिटीको एउटा समूह, सात प्रदेशका सात समूह र बाँकी एउटा समूह उपत्यका विशेष समन्वय कमिटी, सम्पर्क समन्वय कमिटी र जनसंगठन, विभागहरु गरी नौ समूहमा आजबाट छलफल प्रारम्भ हुने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);