एजेन्सी,८ फागुन । यमनको हुथी समूहले अडेनको खाडीमा रहेको बेलायती जहाजमा मिसाइल प्रहार गरेको बताएको छ । आफ्नो नौसैनिक सेनाले अडेनको खाडीमा रहेको बेलायती जहाज रुबिमारमा धेरै मिसाइलहरू प्रहार गरेको दाबी गरेको हो ।
हुथी सेनाका प्रवक्ता याह्या सारियाले आफ्नो समूहको स्याटेलाइट टिभी च्यानल अल–मासिराहद्वारा प्रसारित टेलिभिजन बयानमा उक्त दाबी गर्नुभएको हो । हुथी समूहले गाजामा (इजरायली) आक्रमण नरोक्दासम्म लाल सागर र एडेनको खाडीमा आफ्ना आक्रमणहरू नरोकिने बताएको छ ।
प्रवक्ताले आफ्नो समूहले हुथीको नियन्त्रणमा रहेको होडेडाह बन्दरगाह शहरमा अमेरिकी एमक्यु ९ ड्रोनलाई खसालेको दाबी गर्नुभयो । बेलायती सामुन्द्रिक एजेन्सीले उक्त जहाजमा आक्रमण आईतवार हुथी नियन्त्रित होदेइदाह बन्दरगाह शहरको दक्षिणमा रहेको अल–मुखाबाट ३५ नटिकल माइल दक्षिणमा भएको बताएको छ । आक्रमण गरिएको जहाज बेलायती दर्ता गरिएको कार्गो बल्क हो ।