राजनीतिक गठबन्धन गर्ने कि नगर्ने तत्कालिन समयमै निर्णय लिइने देउवाको स्पष्टोक्ति | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

राजनीतिक गठबन्धन गर्ने कि नगर्ने तत्कालिन समयमै निर्णय लिइने देउवाको स्पष्टोक्ति

काठमाडौं,८ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भविष्यमा राजनीतिक गठबन्धन गर्ने कि नगर्ने भन्ने विषय तत्कालिन परिस्थितिमै निर्णय लिइने बताउनुभएको छ । सोमवार पार्टीको महासमिति बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले भविष्यमा राजनीतिक गठबन्धन गर्ने कि नगर्ने भन्ने विषय तत्कालिन परिस्थितिमा निर्भर हुने बताउनु भयो । उहाँले पार्टीले तत्कालिन परिस्थितिअनुसार गठबन्धनको औचित्य र सान्दर्भिकतामा ठोस मूल्यांकन गरी त्यसै बेलामा नै निर्णय लिने बताउनु भयो । उहाँले पार्टीलाई संगठनात्मक रुपले थप सबल बनाउनका लागि विधान संशोधनका बारेमा आवश्यक छलफल गर्न सकिने बताउनु भयो । उहाँले जनताको निराशालाई देखाएर लोकतान्त्रिक गणतन्त्रको बिरुद्धमा हुने गतिविधि काँग्रेसलाई मान्य नहुने बताउनु भयो । उहाँले लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो भन्नेकुरामा नेपाली काँग्रेस दृढ रहेको बताउनु भयो । उहाँले लोकतान्त्रिक व्यवस्थाले नै सबै समस्यालाई समाधान गरेर देशलाई विकासको बाटोमा लैजान सक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘भविष्यमा राजनीतिक गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा तत्कालित परिस्थितिमा निर्भर हुने भएको हुदाँ पार्टीले तत्कालिन परिस्थितिअनुसार गठबन्धनको औचित्य, सान्दर्भिकता लगायतका विभिन्न ठोस मूल्यांकन र छलफल गरी त्यसै बेलामा निर्णय लिन सक्नेछ । नेपाली काँग्रेस नेपाली जनताको सबैभन्दा ठूलो आशा, भरोसा र विश्वास गरेको पार्टी हो । जनताको यो विश्वासलाई खण्डित हुन दिनु हुँदैन । नेपाली काँग्रेसका साथीहरुले उच्च मनोबल र विश्वासका साथ राष्ट्रसेवामा समर्पित हुनुपर्दछ । हामीले शीर झुकाउनुपर्ने कुनै कारण छैन । नेपाली काँग्रेसको विधानमा समय सापेक्ष संशोधनको आवश्यकता छ । विधानले नेपाली काँग्रेसको आन्तरिक लोकतन्त्रलाई बलियो बनाएको छ । पार्टीमा समानुपातिक प्रतिनिधित्व भएको छ । पार्टीलाई संगठनात्मक रुपले थप सबल बनाउनकालागि विधानमा संशोधनबारे आवश्यक छलफल गर्न सकिन्छ । जनताको निराशालाई देखाएर लोकतान्त्रिक गणतन्त्रको विरुद्धमा हुने गतिविधि काँग्रेसलाई मान्य हुन सक्दैन । लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो भन्नेकुरामा हामी दृढ छौँ । लोकतान्त्रिक व्यवस्थाले नै सबै समस्यालाई समाधान गरेर देशलाई विकासको बाटोमा लान सक्दछ । नेपाली काँग्रेस सदैव संवाद, सहमती, सहकार्यको नीति अवलम्बन गरेको छ । देशमा विद्यमान राजनीतिक दलहरुमा प्रतिष्पर्धा हुनु स्वभाविक हो । तर कतिपय हाम्रा साझा विषय छन् । देशको सार्वभौमिकता, सार्वभौम सत्ता, अखण्डता, लोकतन्त्र, विकास, परराष्ट्र नीति, शान्ति प्रक्रियाका बाँकी काम संक्रमणकालिन न्यायजस्ता विषयमा हामीमा समान धारणा हुनुपर्छ । यसको निम्ति संवाद, सहमती, सहकार्यको संस्कारलाई प्रोत्साहित गर्नुपर्दछ । सबै पार्टीका बीचमा निरन्तर संवाद र सहमतीको अभ्यास गर्नुपर्दछ ।’

उहाँले देशको सार्वभौमिकता, सार्वभौम सत्ता, अखण्डता, लोकतन्त्र, विकास, परराष्ट्र नीति, संक्रमणकालिन न्यायजस्ता विषयमा सबै राजनीतिक दलहरुका बीचमा समान धारणा हुनुपर्ने बताउनु भयो । उहाँले यसको निम्ति संवाद, सहमती र सहकार्यको संस्कारलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);