१२२ रनमै सिमित हुदाँ १९३४ यता इङ्ल्यान्डको सबैभन्दा ठूलो हार | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

१२२ रनमै सिमित हुदाँ १९३४ यता इङ्ल्यान्डको सबैभन्दा ठूलो हार

एजेन्सी, ७ फागुन । इङ्ल्यान्डविरुद्ध ५ मध्ये तेस्रो टेस्टमा भारतले फराकिलो जित हात पारेको छ । भारतको राजकोटमा इङ्ल्यान्डविरुद्ध घरेलु टोली भारतले ४ सय ३४ रनको फराकिलो अन्तरको जित हात पारेको हो ।

टेस्ट क्रिकेटमा सन् १९३४ यता इङ्ल्यान्डको यो सबैभन्दा ठूलो हार हो । त्यस्तै भारतको अहिले सम्मकै ठूलो अन्तरको टेष्ट जित हो । भारतका ओपन यजस्वी जैसवालले नकआउट दोहोरो शतक बनाएपछि ५ सय ५७ रनको ठूलो लक्ष्य पच्छ्याएको इङ्ल्यान्डलाई भारतले १२२ रनमै समेट्यो । भारतले ४ विकेटको क्षेतिमा ४ सय ३० बनाउँदै दोस्रो इनिङ्स समाप्तीको घोषणा गरेको थियो ।

भारतले पहिलो इनिङ्समा ४ सय ४५ रन र इङ्ल्यान्डले ३ सय १९ रन बनाएका थिए । इङ्ल्यान्डलाई सस्तैमा समेट्ने क्रममा रविन्द्र जडेजाले ५ , कुलदीप यादवले २ तथा जसप्रित बुमराह र रविचन्द्रन आश्विनले समान १ विकेट लिए । पहिलो इनिङमा शतकीय पारी खेलेका पहिलो इनिङमा शतकीय पारी खेलेका रविन्द्र जडेजा प्लेयर अफ दी म्याच भए ।

मार्क उडले ३३, टोम हार्टली र बेन फोक्सले समान १६ र स्टोक्सले १५ रन बनाउनुबाहेक कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । योसँगै श्रृखंलामा भारतले २–१ को अग्रता बनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);