वेस्ट बैंकको आक्रमणमा २ प्यालेस्टाइनीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

वेस्ट बैंकको आक्रमणमा २ प्यालेस्टाइनीको मृत्यु

एजेन्सी, ७ फागुन । आईतवार कब्जा गरिएको वेस्ट बैंकको शरणार्थी शिविरमा इजरायली आक्रमणको क्रममा दुई प्यालेस्टाइनीको मृत्यु भएको छ ।

साथै एक इजरायली सैनिक गम्भीर घाइते भएका छन् । प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले तुलकर्म शिविरमा इजरायली सेनाको गोली प्रहारबाट मृत्यु हुनेमा १९ वर्षीय नबिल आमेर र ३६ वर्षीय मोहम्मद अल–अवफी रहेको जनाएको छ ।

इजरायलले अल–अवफीको शव कब्जा गरेको बताइएको छ । प्यालेस्टाइनी सुरक्षा स्रोतहरूले इजरायली सेनाले शिविरमा प्रवेश गरी घेराबन्दी गरेको र स्थानीय युवाहरूसँग झडप भएको बताए ।

उनीहरूले थपे कि इजरायली सेनाले शिविरको एउटा घरलाई घेरेको थियो, जहाँ उनीहरूले स्नाइपर र हेलिकप्टरहरू तैनाथ गरेका थिए ।

सेना, पुलिस र शिन बेट सुरक्षा सेवाद्वारा गरिएको छापा मा तुल्कारममा एक वरिष्ठ विद्रोही र हमास को एक वरिष्ठ अधिकारीसहित तीन अन्य संदिग्धहरुलाई निशाना बनाएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);