लागूऔषधसहित ९ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

लागूऔषधसहित ९ जना पक्राउ

कास्की,६ फागुन । अवैध लागूऔषधसहित नौ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका–१९ भुनपुरेबाट अवैध लागूऔषध गाँजा करिब १ किलो ५ ग्रामसहित स्याङजा पुतलीबजार नगरपालिका–८ घर भई पोखरा महानगरपालिका(६ लेकसाईड बस्ने ३१ वर्षीय सुनिल दर्जीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले ग.२१ प ५४५४ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा चालक दर्जीलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

त्यसैगरी,झापा गाउँपालिका–१ सोह्रखुट्टेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ९ सय १० मिलिग्रामसहित भारत घर भएका २५ वर्षीय मो।ईन्सुलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

त्यस्तै,कैलालीको धनगढी उपमहामगरपालिका–३ बोराडाडी चोकबाट अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ ३ सय ५० मिलिग्रामसहित गोदावरी नगरपालिका–५ गेटा बस्ने २३ वर्षीय मनोज राना समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका–२७ जमलबाट अवैध लागूऔषध पोल्यान्ड जस्तो देखिने पदार्थ करिब २० ग्रामसहित सोही महानगरपालिका–१५ स्वयम्भू बस्ने ४२ वर्षीय निराजन शाही खड्कीसमेत ५ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त दरवारमार्गबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

पछिल्लो समाचार

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);