मंगोलियामा १३ हजार ५ सय मानिस हिउँमा फसे | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

मंगोलियामा १३ हजार ५ सय मानिस हिउँमा फसे

काठमाडौं,६ फागुन । अत्यधिक चिसोका कारण यस हिउँदमा मङ्गोलियामा हालसम्म कम्तीमा ६ लाख ११ हजार ९२४ पशुधन मरेका छन् । जमिनमा जमेको हिउँले ढाकेको कारण ठूलो संख्यामा पशुधन मरेको बताइएको छ ।

देशका २१ प्रान्तहरूमध्ये पूर्वमा खेन्टी, दोर्नोड, सुखबाटार र दोर्नोगोभी र मध्यपश्चिममा अर्खाङ्गाईमा सबैभन्दा बढी जनावरको मृत्यु भएको बताइएको छ ।

यसका साथै कम्तीमा १३ हजार ५ सय गोठाला घरपरिवार हिउँमा फसेका छन् भने ३८ हजार ४ सय किलोमिटर सडक हिउँका कारण बन्द भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयकाअनुसार २०२३ को अन्त्यमा मङ्गोलियामा पशुधनको संख्या ६४.७ मिलियन थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);