वर्तमान निर्वाचन प्रणालीलाई सच्याउन जरुरी छः अग्नि खरेल | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

वर्तमान निर्वाचन प्रणालीलाई सच्याउन जरुरी छः अग्नि खरेल

काठमाडौं,४ फागुन । पूर्वमन्त्री अग्नि खरेलले वर्तमान निर्वाचन प्रणालीलाई सच्याउन जरुरी रहेको बताउनुभएको छ । बिहीवार सर्वोच्च अदालत बार एशोसिएशनको स्वर्ण महोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिक दलहरु अहिलेकै निर्वाचन प्रणालीबाट बहुमत ल्याउने दाबीका साथ हिँड्नु उचित नहुने बताउनु भयो । उहाँले मिसन ०८४ भन्दै हिँडेपनि यही निर्वाचन प्रणालीबाट कसैको बहुमत नआउने दाबी गर्नुभयो । उहाँले अहिलेको संविधानमा धेरै कमजोरी रहेकाले संशोधन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले लेखन, भाषा, शुद्धतामा, सपष्टतामा कमी, कमजोरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिलेका संविधानमा धेरै कमी कमजोरीहरु छन् । लेखन, भाषा, शुद्धतामा, सपष्टतामा कमीकमजोरी छन् । तर पनि यो संविधान सभाले बनाएको हो । त्यसैले यसको इतिहास गर्विलो छ । जनताबाट निर्वाचित मानिसले बनाएको हो । यो भन्दा पर हामी स्टेप डाउन गर्न सक्दैनौँ । अर्को स्टेप लिन पनि सक्दैनौँ । अब हामीले पटक पटक संविधान बनाउने होइन । यसलाई समृद्ध गर्ने बाटोमा मात्रै अघि जान सक्छौँ । संशोधन वा सर्वोच्च अदालतको फैसलाको माध्यमबाट मात्रै अघि बढ्न सक्छौँ । जहाँ बिग्रिएका छन्, बनाउँदै जाने हो, बिग्रिएका ठाउँमा धेरै पोजिसन लिनु हुँदैन । डिफेक्टिभ निर्वाचन प्रणाली अघि बढेको छ, डिफेक्टिभ निर्वाचन प्रणाली लिएर हामी अघि बढेका छौँ, मिसन ०८४ भन्छाँै । तर यो निर्वाचन प्रणालीले कसैलाई बहुमत दिन्छ ? भन्न तयार कोही छैन । कसैलाई बहुमत दिँदैन ।’

पूर्वमन्त्री खरेलले अब संविधान नयाँ बनाउने नभइ भएको संविधानमा संशोधन गरेर वा सर्वोच्च अदालतको फैसलाको माध्यमबाट सुधार गर्न सकिने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);