माल्टाका किसानले भने–किसानको ख्याल नगरे तपाई भोकै मर्नुहुन्छ | ईमाउण्टेन समाचार

Our Network

पुष १ २०८१, सोमबार

माल्टाका किसानले भने–किसानको ख्याल नगरे तपाई भोकै मर्नुहुन्छ

काठमाडौं,४ फागुन । माल्टाका किसानले सरकारबिरुद्ध बिरोधका नयाँ कार्यक्रम शुरु गरेका छन् । बिहीवार राष्ट्रिय झण्डासहित हाम्रो ख्याल राख्नुहोस् नत्र तपाईं भोकै मर्नुहुन्छ, किसानहरू मरेका छन् लगायतका प्लेकार्ड बोकेर बिरोध जनाएका हुन् ।

जर्मनी, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड्स, पोल्याण्ड, बुल्गेरिया, ग्रीस र रोमानिया लगायत धेरै युरोपेली देशहरूमा विगतका हप्ताहरूमा यस्तै प्रदर्शनहरू भएका थिए । बिरोधमा रहेका किसान ठूलो मात्रामा जलवायु परिवर्तन न्युनिकरण र कृषिमा वातावरण संरक्षणमा कडा ईयू नियमहरूको बिरुद्धमा छन् । यी नियमले आफ्नो जीविकोपार्जनलाई जोखिममा पार्ने बताए ।

त्यस्ता नियमहरूले युरोपेली किसानहरूको लागि लागत बढाउने र उनीहरूको उत्पादनलाई महँगो बनाउने उनीहरुको भनाइ छ । बिरोधपछि सरकारले गत हप्ता किसानहरूलाई २०३० सम्ममा किटनाशकहरूको प्रयोग आधा गर्ने योजना फिर्ता लिनेसहित केही आंशिक छुटहरू दिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);