उच्च शिक्षाका लागि नेपालजस्ता दक्षिणी मुलुकबाट हुने ‘आर्थिक बहाव’ रोक्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

उच्च शिक्षाका लागि नेपालजस्ता दक्षिणी मुलुकबाट हुने ‘आर्थिक बहाव’ रोक्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,३ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च शिक्षाका लागि नेपालजस्ता दक्षिणी मुलुकबाट हुने ‘आर्थिक बहाव’ रोक्नुपर्नेमा जोड दिनुभएको छ । बिहीबार भारतीय विश्वविद्यालय संघ एआइयुउत्तर क्षेत्रका उपकुलपतिहरुको बैठक एवम् नेपाल–भारत उच्च शिक्षा शिखर सम्मेलनको उद्घाटन गर्दै प्रचण्डले बहुसंख्यक युवा र उनीहरुसँग सम्बन्धित स्रोतहरु स्वदेशमै राख्न पहल गर्नुपर्नेमा जोड दिनुभएको हो ।

यसका लागि विश्वव्यापी रूपमा अवसर खोज्नेहरुका लागि अनुकूल वातावरण सिर्जना गर्नुपने र उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण बारेमा पुनः मूल्याङ्कन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । विश्वशक्तिहरुले ल्याएका चुनौतीसँग शैक्षिक क्षेत्रले संघर्ष गरिरहनुपरेको उल्लेख गर्दै प्रचण्डले उच्च शिक्षा र सीपका लागि ठूलो स्रोत लगाएका कारण उत्तरका विश्वविद्यालयमा विद्यार्थी र विद्वानहरु आकर्षित हुने पछिल्लो समयको प्रवृत्ति देखिएको बताउनुभयो । महँगो बजेटका कारण अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई उत्तरका शैक्षिक प्रणालीहरूले आकर्षित गरे पनि यो दिगो नहुन सक्ने प्रचण्डको भनाइ छ ।

उहाँले चिकित्सा शिक्षा, जीवन शैली र शान्ति स्थापनाजस्ता विषयमा दक्षिणको मौलिक बौद्धिक सम्पदाले विश्वलाई सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले विश्वव्यापी दक्षिणका लागि उच्च शिक्षा घोषणापत्र तयार गर्न महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);