पाकिस्तानी २ नागरिक विदेशीमुद्रासहित पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८२, शुक्रबार

पाकिस्तानी २ नागरिक विदेशीमुद्रासहित पक्राउ

काठमाडौँ, ३ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ जना विदेश नागरिकहरु पक्राउ परेका छन् । विमानस्थल सुरक्षा कार्यालयका अनुसार १ करोड विदेशी मुद्रासहित विमानस्थलबाट दुई जना पाकिस्तानी नागरिकलाई पक्राउ गरेको हो ।

फ्लाई दुबई एयरलाइन्समार्फत नेपाल आएका पाकिस्तानी नागरिक येसीन अहमद र मोहम्मद अदनान लखानीलाई उक्त रकमसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

अन्तर्राष्ट्रिय उडान तर्फको आगमन गेटमा शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट डेनमार्कको मुद्रा ५ लाख (नेपाली ९५ लाख ४३ हजार ३८४ रुपैयाँं सहित पक्राउ गरिएको हो । थप अनुसन्धानका लागि उनीहरुलाई प्रहरी बृत्त गौशलामा राखिएको छ ।

Leave a Reply