कपिलवस्तु बस दुर्घटनामा मृत्यु भएका १० जनाकै सनाखत | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

कपिलवस्तु बस दुर्घटनामा मृत्यु भएका १० जनाकै सनाखत

काठमाडौं,३ फागुन । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ दोबाटाको घुम्तीबाट यात्रुवाहक बस खोलामा खस्दा मृत्यु भएका १० जनाकै सनाखत भएको छ । महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको यात्रु बस करिब दुईसय मिटर तल खसेर भएको दुर्घटनामा ३ महिला र ७ पुरुष गरेर १० जनाको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा औराहीका नारायणबहादुर भण्डारी, अर्जुनकुमार योगी, भारतका सकिल मुसलमान,राहुलराम कामी, उमेश भण्डारी,सन्जु थापा, खगेश्वरी खाती,विमलादेवी भट्ट,सन्दिप भट्ट र बिसनदत्त भट्ट रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

सुदूरपश्चिमको सुनौलो महाकाली यातायातले सञ्चालन गरेको सुप प्र–०२–००१ ख ००९८ नम्बरको बस सडकबाट करिब २ सय मिटर तल खसेको हो । ३३ जनालाई स्टेचरमा राखेर खोलाबाट रोप रेस्क्यु गरिएको सशस्त्र प्रहरीले जनाएको छ । बसमा ३७ जना यात्रु र ३ जना बस कर्मचारी रहेका थिए । तीब्र गतिमा रहेको बस घुम्तीमा अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुसन्धान गरेको छ ।

घाइतेहरूको चन्द्रौटास्थित सञ्जीवनी र आधारभूत स्वास्थ्य केन्द्र अस्पताल र बुटवलको चौराहा अस्पतालमा उपचार भइरहेको छ । ६ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);