कपिलवस्तुको शिवराज–१ मा बस दुर्घंटना,३ महिला र ७ पुरुषसहित १० जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८१, सोमबार

कपिलवस्तुको शिवराज–१ मा बस दुर्घंटना,३ महिला र ७ पुरुषसहित १० जनाको मृत्यु

काठमाडौं,३ फागुन । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ दोबाटाको घुम्तीबाट बुधबार मध्यरातमा यात्रुवाहक बस खोलामा खस्दा १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र ७ पुरुष रहेका छन् ।

१० जना मध्ये एक जना रौतहटका नारायणबहादुर भण्डारीको मात्र सनाखत भएको डीएसपी हरिबहादुर वलीले बताए । महेन्द्रनगरबाट काठमाडौं तर्फ जाँदै गरेको यात्रु बस करिब दुईसय मिटर तल खस्दा दुर्घटना भएको हो । सुदूरपश्चिमको सुनौलो महाकाली यातायातले सञ्चालन गरेको सुप प्र–०२–००१ ख ००९८ नम्बरको बस सडकबाट करिब २ सय मिटर तल खसेको हो ।

३३ जनालाई स्टेचरमा राखेर खोलाबाट रोप रेस्क्यु गरेर उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ । बसमा ३७ जना यात्रु र ३ जना बस कर्मचारी रहेका थिए । तीब्र गतिमा रहेको बस घुम्तीमा अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुसन्धान गरेको छ ।

९ मृतकको नाम अझै खुलेको छैन । घाइतेहरूको चन्द्रौटास्थित सञ्जीवनी र आधारभूत स्वास्थ्य केन्द्र अस्पताल र बुटवलको चौराहा अस्पतालमा उपचार भइरहेको छ । ६ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);