राजनीति

स्वास्थ्य र शिक्षापछि सहकारीका हाकिम बालेनको निशानामा

काठमाडौं,२ फागुन। स्वास्थ्य र शिक्षा विभागका हाकिममाथि एक्सन लिएका काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहको ध्यान अहिले सहकारीतर्फ देखिएको छ । सहकारी विभागमा सेवाग्राहीसँग आर्थिक लाभ लिइरहेको सूचना बालेनलाई पुगेको छ । उक्त विषयमा उनले मिहिन ढंगले हेरिरहेको उनी निकट स्रोतले बतायो ।

काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल र शिक्षा विभाग प्रमुख सीताराम कोइरालामाथि एक्सन लिएका बालेनले सहकारी विभागका प्रमुखमाथि एक्सन लिए आश्चर्य नहुने स्रोतको दाबी छ ।

पछिल्लो समय सहकारी क्षेत्रमा व्यापक समस्या देखिएको छ । काठमाडौं महानगरपालिकाको सहकारी विभागमा यस्ता समस्या पुग्ने गरेका छन् । उक्त समस्यामा खेलेर विभागका कर्मचारीले आर्थिक लाभ लिइरहेको व्यापक चर्चा र गुनासो छ । स्वास्थ्य विभागका प्रमुख र शिक्षा विभागका प्रमुख जस्तै प्रमाण भेटे सहकारी विभागका प्रमुख कारबाहीमा पर्न सक्ने विश्वस्त स्रोतको भनाइ छ ।

काठमाडौं महानगरपालिकाको सहकारी विभाग प्रमुख बलराम त्रिपाठी रहेका छन् । उनको विभागले सहकारी संस्थालाई राम्रैसँग कज्याइरहेको सेवाग्राहीहरुबाट गुनासो आउन थालेको हो । यो विषयमा मेयर बालेनको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

कर्मचारी भर्तिमा कार्यापालिका निर्णय किर्ते गरेको आरोपमा स्वास्थ्य विभाग प्रमुख पौडेल अहिले निलम्बनमा छन् । शिक्षा समितिको निर्णय आफैं गरेर रत्नराज्य स्कुललाई विज्ञान संकाय पढाउन अनुमति दिएको आरोपमा शिक्षाका प्रमुख कोइराला पनि कारबाहीमा परेका छन् । अब पालो सहकारी र राजस्वको हुन सक्ने महानगरभित्रै चर्चा चल्न थालेको छ ।

स्रोतका अनुसार सहकारी र राजस्वमा अहिले व्यापक घोटाला र चलखेल भइरहेको गुनासो आउने गरेको छ । तथ्य र प्रमाण भेटे उनीहरुको हालत पनि स्वास्थ्य र शिक्षाका हाकिमको जस्तै हुने देखिन्छ । सहकारी विभागमा दाम नभइ काम अगाडि नबढ्ने चर्चा छ । राजस्वको पनि बदमासी मिलाउन कर्मचारी सक्रिय छन् । राजस्वका कतिपय कर्मचारी त अब गोइयो भन्दै पुराना बदमासीको प्रमाण लोप गर्न सक्रिय रहेको महानगरभित्र चर्चा छ । झन्डै ४र५ जना कर्मचारीमाथि अहिले निगरानी भइरहेको स्रोतले बतायो ।

यता शिक्षा र स्वास्थ्यको हाकिममाथि कारबाही भएपछि उनीहरूको पक्षमा वडाध्यक्षहरू खुलेआम लागेका छन् । वडाध्यक्षहरु कर्मचारीलाई कारबाही गर्न नहुने पक्षमा खुलेर लागेपछि मेयर बालेन आक्रोशित बनेका छन् । उनले जनप्रतिनिधि भन्दा पनि दलको प्रतिनिधि भएर आफ्नो दल निकट कर्मचारी जोगाउन लागेको आरोप लगाएका हुन् ।

मेयर बालेनको भनाइ जस्ताको त्यस्तै

Related Post

कर्मचारीबाट के गलत भएको हो भन्ने पनि थाहा छ ।कर्मचारी स्वयमले ‘मैले गलत गरेको हो’ भनेर लिखितरूपमा स्विकारेको पनि थाहा छ । यति हुँदाहुँदै पनि अब के गर्ने भनेर कार्यपालिकाबाट अगाडि बढाउन रोक्नुको अर्थ हो, वडाअध्यक्षज्युहरुको आफ्नो पार्टीको कर्मचारीलाई बचाउने खेल । यसलाई कर्मचारीको मनोबल के हुन्छ, मेयरले एकलौटी गर्न पाइदैन भन्ने जस्ता प्रश्नले छोप्न खोजिन्छ । साँच्चै भ्रममा हुनुहुन्छ भने निस्कनु होला । चोर भन्दा कसले खुट्टा तान्छ भन्ने जगजाहेर छ । चोर भन्दा झस्किएर आफ्नो खुट्टा तान्नेहरूप्रति हाम्रो शंका छ । प्रस्ट हुनुहोस्, गलत कृत्यलाई कारबाही गर्दा भ्रष्ट, कमिसनखोर कर्मचारीहरूको मात्रै हो मनोबल खस्किने । स्वच्छ कर्मचारीहरूको मनोबल झन् उँचो हुन्छ । गलत काम गर्ने जो कोहीलाई पनि कारबाही गरिनु पर्छ भन्ने उच्च मनोबलका कर्मचारीहरूको काठमाण्डौ महानगरमा कमि छैन ।

आफ्ना पार्टीका कर्मचारीलाई जे गरे पनि बचाउन जुन हदसम्म पनि जान सक्ने जनप्रतिनिधिहरूले साँच्चै स्थानीय सरकारको मर्म आत्मसाथ गर्न सकेको कसरी मान्ने रु जनप्रतिनिधिको आवरणमा कांग्रेस, एमाले र माओवादीका पार्टी प्रतिनिधि रहेको किन नभन्ने रु यस्तो गलत प्रवृतिले बन्छ त काठमाण्डौ  ?

जनप्रतिनिधीहरुले जनताबाट म्यान्डेट लिएर आउँछन् । कर्मचारीहरू संविधान, ऐनकानुनको सीमामा बसेर जनप्रतिनिधीहरूलाई सहयोग गर्छन् । यो सम्बन्धलाई विश्वास र कानुनको पालनाले बलियो बनाउँछ, न कि जति भ्रष्ट भए पनि कर्मचारीले फाइल मिलाएर बचाइदिन्छन्, नेताले ढाकछोप गरिदिन्छन् भन्ने विचलनले ।

स्विकारी स्विकारी गलत काम गर्ने कर्मचारीलाई जोगाउन सिंगो पार्टी लाग्छ भने यो भन्दा बिडम्बना अर्को के हुन्छ रु आशा गर्छु, कार्यपालिकामा छलफलका लागि ल्याइएको प्रस्ताव नै देखाएर एकलौटी निर्णय हो भन्दा लाज मान्ने जनप्रतिनिधीहरु देशभर आउन् । गलत गरिहालेछ, आफ्नै पार्टीको पर्यो, छोडिदिनुहोस् भन्ने खालका जनप्रतिनिधीहरू कहिँकतै नदेखिउन् । स्वास्थ्यलाइभबाट

 

Share

This website uses cookies.