१ फागुन, काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मान्छेहरुलाई अल्मल्याइरहेको आक्षेप लगाउनुभएको छ ।
मंगलवार नेकपा(एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य प्रतापलाल श्रेष्ठ र केन्द्रिय सदस्य ईश्वरनारायण श्रेष्ठलाई एमाले पार्टी प्रवेश गराउँदै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले माधव नेपालले मान्छेहरुलाई भ्रम दिएर झुक्याएको पनि बताउनु भयो ।
उहाँले अध्यक्ष नेपालले जनतालाई फ्रि भिसा, फ्रि टिकट दिने भनेर अल्मल्याएको समेत बताउनु भयो ।
उहाँले आफ्नो पार्टीको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउँदा पनि कुनै लाजसरम नभएको भन्दै नेपाललाई अधर्मी र अपराधिक मनोवृत्ति भएको व्यक्तिको रुपमा टिप्पणी गर्नुभयो ।
अध्यक्ष ओलीले तत्कालिन महाकाली सन्धीको बिरोधमा पार्टी फुटाउनेहरु सो इस्युलाई त्यहीँ छाडेर पुनः एमाले प्रवेश गर्नुपरेको विगतको इतिहास रहेको पनि उल्लेख गर्नुभयो ।