जनयुद्धका स्मरण र अनुभवलाई जीवन्त राख्नुपर्छः प्रधानमन्त्री प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

जनयुद्धका स्मरण र अनुभवलाई जीवन्त राख्नुपर्छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,१ फागुन । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले जनयुद्धका स्मरण र अनुभवलाई जीवन्त राख्नुपर्ने बताउनुभएको छ ।

मंगलवार काठमाडौंमँ आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जनयुद्धको २९ औं वार्षिकोत्सव रहेको बताउनु भयो । उहाँले जनयुद्ध ऐतिहासिक दिन भएकाले ऐतिहासिक सम्बोधन हुनुपर्ने बताउनु भयो । उहाँले अहिले दक्षिण एशियामा रामराज्यको बारेमा धेरै चर्चा भइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज फाल्गुण १ गते महान जनयुद्धको २९ औं वार्षिकोत्सव । यो ऐतिहासिक अवसर पारेर जनयुद्ध कालमा बढो कठिन जटिल र चुनौतिमा पनि जनयुद्धका स्मरण र अनुभवलाई जीवन्त राख्नुपर्छ भन्ने ऐतिहासिक जिम्मेवारी बोध गरेर ६ वटा पुस्तक विमोचन भएका छन् । अहिले दक्षिण एशियामा रामराज्यको बारेमा धेरै चर्चा छ । आज रामलल्लाको बारेमा त निकै धेरै चर्चा छ । यो ऐतिहासिक दिनको ऐतिहासिक सम्बोधन गर्नुभएको छ ।’ अध्यक्ष दाहालले पार्टीको विधान अधिवेशनमा जनयुद्धको बारेमा चर्चा गर्ने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);