काठमाडौं, ११ माघ । नेपालका लागि भारतीय राजदुत मञ्जिवसिंह पुरीले भारत सरकार नेपालमा बन्ने नयाँ सरकारलाई जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताएका छन् ।
राजदुत पुरीले नयाँ सरकारसँग सहकार्य गरेर जान भारत आतुर रहेको स्पष्ट पारे । बिहीबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले नयाँ बन्ने सरकारसँग भारतको सम्बन्ध अझै प्रगाढ हुने विश्वास व्यक्त गरे ।
राजदुत पुरीले नेपाली जनताको चाहना अनुसारको विकास सहायता उपलब्ध गराउन भारत सधैं तयार रहेकोे बताए । उनले नेपालले शान्ति र संविधान निर्माणमा उल्लेख्य प्रगति गरेको धारणा राखे ।