गठबन्धन राजनीतिले भ्रष्टाचार बढायो, प्रत्यक्ष कार्यकारी निर्वाचनमा जाऔँः जितेन्द्रनारायण देव | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

गठबन्धन राजनीतिले भ्रष्टाचार बढायो, प्रत्यक्ष कार्यकारी निर्वाचनमा जाऔँः जितेन्द्रनारायण देव

काठमाडौं,२९ माघ । नेपाली काँग्रेसका राष्ट्रिय सभा सांसद जितेन्द्रनारायण देवले गठबन्धनले भ्रष्टाचार बढाएको बताउनुभएको छ । सोमवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गठबन्धनको राजनीति देशका लागि राम्रो नभएको बताउनु भयो । उहाँले एउटा नेताले काम गर्न खोज्दा अर्कोले खुट्टा तान्ने काम गरेको बताउनु भयो । उहाँले प्रत्यक्ष कार्यकारी निर्वाचनमा जानुपर्ने बताउनु भयो । उहाँले आजको राष्ट्रिय परिस्थिति चुनौतिपूर्ण रहेको बताउनु भयो । उहाँले व्यवस्थामाथि नै प्रश्न खडा भइरहेको भन्दै सबै राजनीतिक दलहरुले यसमा सोच्न जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘गठबन्धनको राजनीति, अहिलेको गठबन्धनलाई मात्रै म भन्दिनँ । गठबन्धनले भ्रष्टार बढायो । एउटा नेताले काम गर्न खोज्छ, अर्को नेताले खुट्टा तान्छ । त्यसकारण कार्यकारी प्रत्यक्ष निर्वाचन गर्नेगरी संविधानमा संशोधन गर्ने हो की । जो आउँछ ५ वर्ष काम गर्छ, काम गरेन भने जनताले नै सजाय दिन्छन् । आजको राष्ट्रिय परिस्थिति अत्यन्त चुनौतिपूर्ण छ । अत्यन्त गम्भीर छ । संकटपूर्ण छ । हामी जसजसले जुनजुन राजनीतिक शक्तिहरु मिलेर आजको यो संघीय लोकतान्त्रिक गणतन्त्रको राजनीतिक ढाँचा खडा गरेर समाजवादति उन्मुख हुने प्रतिवद्धता जाहेर गरेका छाँै । ती सम्पूर्ण राजनीतिक शक्तिहरुका लागि एउटा ठूलो चुनौतिको पहाड अघि खडा छ । व्यवस्थामाथि नै प्रश्न खडा भइरहेको छ । अस्ति २२ गतेको बैठकमा दलका नेताज्युहरुले जुन ढंगले विदेश पलायनको परिस्थिति राख्नुभयो, र व्यवस्थामाथि नै प्रश्न खडा भइरहेको छ भन्ने जुन गम्भीरता र जुन उचाईमा कुराहरु राख्नुभयो । आज देशका राजनीतिक नेतृत्वले यो वा त्यो खालि गठबन्धन वा प्रतिपक्ष भन्ने होइन, जो हामी आजको नयाँ परिवर्तन ल्याएका छाँै, त्यो परिवर्तन ल्याउने राजनीतिक नेतृत्वले आज त्यो हाइटबाट सोच्ने की नसोच्ने । व्यवस्थालाई बचाउने की नबचाउने । देशको किवास गर्ने की नगर्ने । जुन सामाजिक न्याय, विकास, समृद्धि र समाजवादको कुरा गरिरहेका छौँ । साँच्चिकै देशलाई त्यतातिर लैजाने की नलैजाने भन्ने प्रश्न छ । त्यसैले आज यो वा त्यो पार्टी राम्रो, हामीले गरेको मात्रै ठिक भन्ने भाष्यमा जानु भन्दा पनि राज्य र देशका लागि के गर्दा राम्रो भन्नेकुरामा ध्यान दिनुपर्छ ।’

उहाँले यो वा त्यो पार्टी भन्दा पनि व्यवस्थाप्रति जिम्मेवार रहन आग्रह गर्नुभयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);