सरकारको नीति तथा कार्यक्रम संसदको बहुमतले पारित | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

सरकारको नीति तथा कार्यक्रम संसदको बहुमतले पारित

१४, जेठ, काठमाडौं । सरकारले ल्याएको आर्थिक वर्ष २०७४÷०७५ को नीति तथा कार्यक्रम पारित भएको छ ।

सरकारको नीति तथा कार्यक्रम संसदको बहुमतले पारित

१४, जेठ, काठमाडौं । सरकारले ल्याएको आर्थिक वर्ष २०७४÷०७५ को नीति तथा कार्यक्रम पारित भएको छ ।

व्यवस्थापिका संसदको आइतबारको बैठकले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । विहिबार राष्ट्रपति विद्या भण्डारीले संसदमा पेश गर्नुभएको सरकारको नीति तथा कार्यक्रममाथि संक्षिप्त छलफलपछि आईतबार पारित गरिएको हो ।

त्यस अवसरमा सभामुख ओनसरी घर्तीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा राष्ट्रपति विद्या भण्डारीलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । निर्वाचन आचारसंहिताका कारण नयाँ कार्यक्रम समावेश नगरी सरकारले नीति तथा कार्यक्रम ल्याएको हो ।

सरकारले ल्याएको नीति तथा कार्यक्रममा संविधान कार्यान्वयन गर्ने, तीन वटै तहको निर्वाचन सम्पन्न गर्ने, राष्ट्रिय महत्वका आयोजनालाई निरन्तरता दिने, राष्ट्रिय पुनर्निर्माण र नवनिर्माणको कामलाई तीव्रता दिने उल्लेख गरिएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);