त्रिवि उपकुलपतिका लागि १४ जना ‘सर्टलिस्ट’ मा (नामावलीसहित) | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

त्रिवि उपकुलपतिका लागि १४ जना ‘सर्टलिस्ट’ मा (नामावलीसहित)

काठमाडौं,२६ माघ । छनोट तथा सिफारिस समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपति बन्न आवेदन दिने ४३ मध्ये १४ जनाको नामावली सार्वजनिक गरेको छ । सय पूर्णांकमा खुला प्रतिस्पर्धा गराएर उपकुलपति छनोट, सिफारिस र नियुक्तिको प्रक्रिया अघि बढाउदै व्यक्तिगत विवरणसहित कार्ययोजना र सोचपत्रको मूल्यांकन गरी ४३ जनाबाट छाँटेर १४ जनाको नाम सार्वजनिक गरेको हो ।

३५ अंक छुट्याइएको विद्यालयसम्बन्धी सोचपत्र र कार्ययोजनाको शिक्षामन्त्री अशोककुमार राई अध्यक्षताको समितिले विज्ञहरूबाट मूल्यांकन गराएर सर्ट लिस्ट गरेको हो । सर्ट लिस्मा कुसुम शाक्य, केशरजंग बराल ,गोविन्द सुवेदी,चित्रबहादुर बुढाथोकी,
ज्ञानेन्द्रप्रसाद पौड्याल,टंकनाथ धमला, तीर्थराज खनिया, नारायणप्रसाद बेलबासे, प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्रप्रसाद शर्मा, रामचन्द्र बस्नेत शिवलाल भुसाल र सूर्यबहादुर थापा पर्नु भएको छ । दरखास्तसँगै आवेदकहरुले बुझाएको ३ हजार शब्दको सोचपत्र र ५ हजार शब्दको कार्ययोजनाका आधारमा सर्ट लिस्ट गरिएको हो ।

त्यसबाहेक प्राज्ञिक अनुसन्धानमूलक परियोजनाबापत ६, पुस्तक प्रकाशनबापत ५, विश्वविद्यालयको पदाधिकारीको अनुभवका लागि ४, विद्यावारिधि योग्यताका लागि ५ र प्राध्यापकको अनुभवलाई १० अंक तोकिएको छ । छनोट भएका १४ मध्येबाट प्रस्तुतीकरण र अन्तर्वार्ताको कुल ३५ पूर्णाङ्कबाट ३ जनाको नाम नियुक्तिका लागि सिफारिस गरिनेछ । प्रस्तुतीकरणलाई २० र अन्तर्वार्ताका लागि १५ अंक छुट्याइएको उपकुलपति छनोट र सिफारिस कार्यविधिमा उल्लेख छ । अन्तर्वार्तामा ७० प्रतिशतभन्दा बढी र ३५ भन्दा कम अंक प्रदान गर्दा कारण खुलाउनुपर्ने व्यवस्था छ । समितिले सर्टलिस्टमा परेका उम्मेदवारहरूको प्रस्तुतीकरण माघ २९ देखि फागुन २ गतेसम्म हुने तालिका तोकेको छ । त्यसपछि अन्तर्वार्ता सञ्चालन गरेर ३ जनाको नाम कुलपति तथा प्रधानमन्त्री प्रचण्डलाई सिफारिस गरिनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);