क्यानडामाथि नेपालको रोमाञ्चक जित | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

क्यानडामाथि नेपालको रोमाञ्चक जित

काठमाडौं,२६ माघ । नेपालले क्यानडासँगको पहिलो एकदिवसीय क्रिकेटमा बिहीवार सात रनको रोमाञ्चक जित निकाल्दै श्रृंखलामा सुखद् शुरुवात गरको छ । कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा नेपालले दिएको दुई सय २५ रनको सामान्य लक्ष्य पछयाएको क्यानडा ४७.५ ओभरमा दुई सय १७ रनमै अलआउट भयो । यससँगै तीन खेलको श्रृंखलामा नेपालले सुखद् शुरुवात ग¥यो । नेपालका कप्तान रोहितकुमार पौडेलले उत्कृष्ट बलिङ चार विकेट दिलाए । जितनजिक पुगेर पनि क्यानडाले जित निकाल्न सकेन । ४२.२ ओभरमा क्यानडा २००÷६ को अवस्थामा थियो । तर त्यसपछि नेपालका स्पिनरले कसिलो बलिङ गर्दै विकेट लिएपछि क्यानडाले नाटकीय हार व्यहो¥यो । ललितनारायण राजवंशीले दुई तथा पवन सर्राफ, रिजन ढकाल र कुशल मल्लले समान एक विकेट लिए ।

सामान्य लक्ष्य पछयाएको क्यानडाले चौथो ओभरमा नै पहिलो विकेट गुमायो । रिजनले ओपनर नवनित धलिवाललाई ६ रनमै पभेलियन फर्काए । अर्का ओपनर आरोन जोनसन पनि २० रनमा नै आउट भए । उनी सोमपालको बलमा एलबिडब्लु आउट भए । तर त्यसपछि क्यानडा सम्हालियो । पाहुना टोलीले तेस्रो र चौथो विकेटका लागि राम्रो साझेदारी गर्दै जिततर्प अग्रसर भयो । पर्गत सिंह र निकोलस किर्तनले तेस्रो विकेटका लागि ७९ रनको साझेदारी गरे । कप्तान रोहितले पर्गतलाई ५० रनमा आउट गर्दै तेस्रो सफलता दिलाए ।

त्यसपछि निकोलसले चौथो विकेटका लागि हर्ष ठाकरेसँग ६० रनको साझेदारी गर्दै राम्रो स्थितिमा पु¥याए । कुशल मल्लले हर्षलाई ३२ रनमा आउट गर्दै यो साझेदारी तोडे । निकोलसले एक छेउबाट इनिङ समाले पनि साथ पाउन सकेनन् । नेपाली बलर स्पिनरले लगातार दबाब बनाए । रोहितले नै श्रेयस मोभालाई १ रनमा आउट गर्दै पाँचौं सफलता दिलाए । ४१ औं ओभरमा निकोलस ६८ रनमा पवनबाट बोल्ड भए । त्यसपछि नेपाली बलरले पूर्ण दबाब बनायो र त्यसपछि क्यानडाका कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।

अन्तिम १० ओभरमा पाँच विकेट गुमाएपछि क्यानडाले साँघुरो हार व्यहो¥यो । नेपालको बलिङमा रोहितले ८.५ ओभरमा दुई मेडन राख्दै २२ रन मात्र खर्चंदै उत्कृष्ट प्रदर्शन गरे । उनी म्यान अफ दी म्याच पनि भए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालको प्रदर्शन सुखद् रहेन । निर्धारित ५० ओभरको अन्तिम बलमा नेपाल दुई सय २४ रनमा अलआउट भयो । ओपनर कुशल भुर्तेलले ६० रन जोड्दा मध्य क्रमका आरिफ सेखले ३८ रनमा आउट भए ।

ओपनर आसिफ सेख र कप्तान रोहित समान ८ रनमा आउट भएपछि नेपाल दबाबमा प¥यो । तल्लो क्रमका सोमपालले २७ रन, कुशल मल्लले २० रन र भीम सार्कीले १७ रनको योगदान दिए । क्यानडाको बलिङमा उदय भगवानले तीन विकेट तथा कप्तान साद बिन जफर, ईश्वरज्योत सोहीले समान दुई विकेट लिँदा साहिद अहमदाजाई र हर्ष ठाकरेले समान एक विकेट लिँदै नेपालको इनिङ धराशायी बनाए । यद्यपि, बलिङमा साथ पाएपछि नेपालले जित निकाल्यो । नेपालले दोस्रो खेल शनिवार खेल्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);