‘समुदायमा कांग्रेस’ अभियान र महामन्त्री थापाको संवाद यात्रा स्थगित | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

‘समुदायमा कांग्रेस’ अभियान र महामन्त्री थापाको संवाद यात्रा स्थगित

काठमाडौं,२४ माघ । नेपाली कांग्रेसले नेता केशवकुमार बुढाथोकीको निधनमा तीन दिन पार्टीको आधा झन्डा झुकाउने निर्णय गरेको छ । मंगलबार बिहान पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले माघ २३, २४ र २५ गतेसम्म केन्द्र, प्रदेश र सबै जिल्ला कार्यालयमा झन्डा आधा झुकाउने निर्णय गरेको हो ।

यस्तै कांग्रेसले पार्टीका पूर्व निर्धारित सबै कार्यक्रमहरू स्थगित गर्दै बुधबार केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्ने भएको छ । बुढाथोकीको निधनमा १३ औँ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने छ । १३ औँ पुण्यतिथिमा सम्बन्धित जिल्ला झापामा शोक सभाको आयोजना गरिने छ ।

माघ १३ गतेदेखि जारी कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान र महामन्त्री गगन कुमार थापाको संवाद यात्रा स्थगित भएको छ । कांग्रेस केन्द्रीय सदस्य, संविधान सभा सदस्य एवं पूर्व सामान्य प्रशासनमन्त्री बुढाथोकीको विराटनगर स्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो ।

स्वर्गीय बुढाथोकीले कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेको कांग्रेसले जनाएको छ । उहाँको निधनबाट नेपाली कांग्रेस मर्माहत र स्तब्ध भएको विज्ञप्तिमा भनिएको छ । बुढाथोकीको आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति कांग्रेसले समवेदना प्रकट गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);