पूर्वमन्त्री एवं कांग्रेसका केन्द्रीय सदस्य बुढाथोकीको निधन | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८१, शनिबार

पूर्वमन्त्री एवं कांग्रेसका केन्द्रीय सदस्य बुढाथोकीको निधन

काठमाडौं,२३ माघ । पूर्व सामान्य प्रशासन मन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशव कुमार बुढाथोकीको निधन भएको छ । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ८ घर भएका बुढाथोकीको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारको क्रममा निधन भएको नेपाली कांग्रेसका कोशी प्रदेश सभापति उद्धव थापाले जानकारी दिनु भयो ।

२०७३ सालमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदमा सामान्य प्रशासन मन्त्री हुनु भएका बुढाथोकी एक हप्तादेखि निमोनियाको समस्याले ग्रस्त हुनुहुन्थ्यो । पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय बुढाथोकीले ‘आफ्नो–आफ्नो सगरमाथा’ पुस्तक पनि लेख्नु भएको छ ।

२०५१ को संसदीय निर्वाचनमा झापा क्षेत्र नम्बर ७ बाट पहिलो पटक संसदमा निर्वाचित बुढाथोकीले भारत, दार्जीलिङबाट अंग्रेजीमा स्नातक गर्नुभएको छ । बुढाथोकीका दुवै छोरा र एक छोरी अष्ट्रेलियामा छन् । यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुढाथोकीको निधनको खबरले निकै मर्माहत भएको भन्दै आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा समवेदना प्रकट गर्नु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);