काठमाडौं,२३ माघ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक आज पनि बस्दैछ ।
बैठक सोमवारबाट शुरु भएको हो । बैठकमा हिउँदे अधिवेशनमँ पार्टीका सांसदहरुले गर्नुपर्ने तयारी, सरकारबाट जाने विधेयक र सांसदहरुको प्रश्तुतीका बारेमा छलफल हुनेछ ।
सोमवारको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्षसमेत रहनुभएका पुष्पकमल दाहालले विषयवस्तहरुको प्रवेश गराउँदै सांसदहरुलाई सरकारले गरेका कामकारबाही जनतासमक्ष पुग्ने हिसावमा संसदमा प्रश्तुत हुन निर्देशन दिनुभएको थियो ।