संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकमाथिको छलफल सकारात्मक | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकमाथिको छलफल सकारात्मक

काठमाडौं,२३ माघ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकको सम्बन्धमा कानून, न्याय तथा मानव अधिकार समितिका सांसदहरुसँग छलफल गर्नुभएको छ ।

मन्त्री गुरुङले सोमवार कानून, न्याय तथा मानव अधिकार समितिका सांसदहरुसँग अनौपचारिक रुपमा संक्रमणलिन न्यायसँग सम्बन्धित विधेयकको सम्बन्धमा छलफल गर्नुभएको हो । छलफलका क्रममा मन्त्री गुरुङले विधेयकलाई टुंगोमा पु¥याउनका लागि सरकारको तर्फबाट भइरहेका कसरतहरुको बारेमा जानकारी गराउनुभयो ।

न्याय तथा मानव अधिकार समितिका सदस्य महेश बर्तौलाले मन्त्री गुरुङको कसरत सकारात्मक रहेको भन्दै एमाले पीडितमैत्री कानून बनाउने पक्षमा रहेको स्पष्ट गर्नु भयो ।

यसैगरी कानून, न्याय तथा मानव अधिकार समिति सदस्य सन्तोष परियारले संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकमा असहमतिका बुँदाहरुमाथि छलफल भएको बताउनु भयो ।

उहाँले सरकारको तर्फबाट मन्त्रीले केही विकल्पहरु प्रस्तुत गरेको र र पीडितमैत्री कानून बनाउने सन्दर्भमा सकारात्मक छलफल भएको उल्लेख गर्नुभयो । उहाँले विषय नटुंगिएकाले मंगलबार पनि छलफल हुने जानकारी दिनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);