जबरजस्ती करणी गर्दा... | ईमाउण्टेन समाचार

Our Network

भदौ ३० २०८१, आइतबार

जबरजस्ती करणी गर्दा…

दाङ,२२ माघ । जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर नगरपालिका–१२ हरिपौरा बस्ने २१ वर्षीय अशोक चौधरी समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनीहरूले ती किशोरीलाई ललाई फकाई सोही नगरपालिका–११ गैरागाउँस्थित नर्सरीमा लगेर शनिबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो ।

त्यस्तै,बागलुङ, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठेखोला गाउँपालिका–८ लेखानी बस्ने ४० वर्षीय होम बहादुर पुनलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पुनले ती बालिकालाई ललाई फकाई सोही गाउँपालिका–५ कर्लिमस्थित खाली घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी धम्जाबिहुँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

झापा, ३७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचिनगर नगरपालिका–९ बस्ने भारत बलिया थाना घर भएका ५० वर्षीय अजय गुप्तालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । गुप्ताले ती महिलालाई शनिबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);