सरकारले प्रतिवद्धता पूरा नगरेपछि ग्रिकका किसानहरू आन्दोलित | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

सरकारले प्रतिवद्धता पूरा नगरेपछि ग्रिकका किसानहरू आन्दोलित

एजेन्सी, १९ माघ । ग्रिकका किसानहरुले सरकारले किसानहरुसँग गरेको प्रतिवद्धता पूरा नगरेको भन्दै बिरोध प्रदर्शन शुरु गरेका छन् । किसानहरूले फेब्रुअरी १ मा देशभर बिरोध प्रदर्शन गर्ने योजना बनाइरहेका छन् । सरकारले कुनै ढिलाइ नगरी पर्याप्त आर्थिक सहायताको वाचा गरेको भएपनि पूरा नगरेको उनीहरुको आरोप छ । देशको मुख्य कृषि उत्पादन क्षेत्रहरूमध्ये एक मध्य ग्रिकको थेसाली क्षेत्रको पालामास नगरपालिकामा परिचालन योजनाहरू छलफल गर्न किसान संघका प्रतिनिधिहरू भेला भएका थिए ।

सेप्टेम्बरको बाढीबाट भएको विनाश र क्षतिको कारणले गर्दा आफूहरु बिरोधमा उत्रिनुपरकेको उनीहरुको भनाइ छ । आधिकारिक अनुमानका अनुसार यस क्षेत्रलाई सेप्टेम्बरमा आँधीले ठूलो असर गरेको थियो । जसकारण व्यापक बाढी आएको थियो परिणामस्वरूप १५ जनाको मृत्यु भएको र लगभग एक अर्ब यूरो (लगभग १.०८ बिलियन अमेरिकी डलर) बराबरको ठूलो भौतिक क्षति भएको थियो । ग्रिकका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले मङ्गलवार गत वर्ष प्राकृतिक प्रकोपबाट भएको क्षतिका लागि सरकारले स्वीकृत गरेको प्रारम्भिक क्षतिपूर्तिमा १० हजार युरो सम्मको वृद्धि गर्ने घोषणा गर्नुभएको छ ।

किसानले अहिलेसम्म २ हजार युरो मात्र पाएको स्वीकार गर्दै प्रधानमन्त्रीले बाली तथा उत्पादनमा भएको नोक्शानीको पूर्ण क्षतिपूर्ति दिने प्रतिवद्धता गरेको कुरा दोहो¥याएका छन् । पछिल्ला हप्ताहरूमा, किसानहरूले ट्रयाक्टरहरूसहित राजमार्गहरू अवरुद्ध गर्न थालेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);