काठमाडौं,१९ माघ । सत्तारुढ प्रमुख दल नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । बैठक आज दिउँसो २ बजे संसद भवनमा बस्न लागेको हो ।
बैठकमा माघ २२ गतेबाट शुरु हुने हिउँदे अधिवेशनमा पार्टीले प्रश्तुतीलाई लिएर छलफल हुनेछ ।
संसदमा समितिमा विचाराधीन र संसद सचिवालयमा दर्ता भइसकेका विधेयक चाँडो भन्दँ चाँडो टुंग्याउने बारेमा पनि छलफल हुनेछ ।
बैठकमा सोमबारदेखि सुरु हुने संसदको हिउँदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल हुने छ । संसदमा जतिसक्दो धेरै विधेयक प्रस्तुत गर्ने र त्यसलाई अगाडि बढाउनका लागि पार्टीका तर्फबाट सांसदले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा छलफल गरिने नेपाली कांग्रेसले बताएको छ । बजेट अधिवेशनसमेत भनिने हिउँदे अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले माघ २२ गते अपराह्न ४ बजे आह्वान गर्नु भएको छ ।