‘जितेपछि काठमाडौं बस्छौँ, यहाँको विकासको आशा नगर्नु भन्नुस् | ईमाउण्टेन समाचार

Our Network

मंसिर ११ २०८१, मंगलबार

‘जितेपछि काठमाडौं बस्छौँ, यहाँको विकासको आशा नगर्नु भन्नुस्

काठमाडौं,१९ माघ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आफ्नो—आफ्नो जिल्ला विकास नगर्ने हो भने देश विकास हुन नसक्ने बताउनुभएको छ । बिहीवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले निर्वाचनकै बेला जितेपछि काठमाडौं बस्छौँ, यहाँको विकासको आशा नगर्नु जनता भन्न सक्नुपर्ने बताउनु भयो । उहाँले जनतासँग इमान्दारिताकासाथ भनेर बस्दा फरक नपर्ने उहाँको कटाक्ष थियो । उहाँले अहिलेसम्म नेताहरुले गर्दै आएको काम यही भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विधेयकको दफा २ को खण्ड (च) को उपखण्ड ५ मा नेपाल सरकारको ऋण वा अनुदानमा सञ्चालित संस्था भन्ने छ । सार्वजनिक निकाय भन्नाले जनताको शेयर भएको पनि सार्वजनिक निकाय हो । जनताको शेयर लगानी भएको निजी कम्पनी र संस्थान पनि सार्वजनिक निकायमा राख्नुपर्छ । जनतासँग शेयर उठाएपछि त हजारौँ हजार जनताको शेयर भएको कम्पनी कसरी सार्वजनिक होइन । निजी हुन सक्दैन । निजी भए शेयर नउठाउनु । आफ्नो आफ्नो जिल्ला विकास नगर्ने हो भने देश कहिले विकास हुँदैन । कि हामीले निर्वाचनमै बोल्नुपर्छ, हामी जितेपछि काठमाडौं बस्नलाई हो, यहाँको विकासको आशा नगर्नु जनता हो भन्नुपर्छ । इमान्दारिताकासाथ भनेर आएर बसे हुन्छ, जनतालाई धोका पो दिन मिल्दैन त । बोलेर आउनु त । तपाईहरुले बोलेकै यही हो गर्ने यही हो । जिल्लै स्वर्ग बनाइदिन्छु भन्ने, आएर काठमाडौंमा झ्याप्प बसिहाल्ने यो मिलेन ।’

सांसद सुवालले अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफा २ को खण्ड (च) को उपखण्ड ५ मा सार्वजनिक संस्थालाई नेपाल सरकारको ऋण वा अनुदानमा सञ्चालित संस्था भनेर व्याख्या गरिएको भन्दै जनताको शेयर लगानी भएको निजी कम्पनी र संस्थान पनि सार्वजनिक निकायमा राख्नुपर्ने माग गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);