माल्टा पठाइदिन्छु भन्दै पैसा ठग्ने गुरुङ पक्राउ | ईमाउण्टेन समाचार

Our Network

जेठ ५ २०८१, शनिबार

माल्टा पठाइदिन्छु भन्दै पैसा ठग्ने गुरुङ पक्राउ

money

काठमाडौं,१८ माघ । माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । माल्टा पठाइदिन्छु भन्दै ६ लाख १८ हजार रूपैयाँ ठगी गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका–१३ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१ सुन्दरबस्ती बस्ने ३८ वर्षीय प्रकाश गुरुङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

गुरूङले १ जनालाई वैदेशिक रोजगारीका लागि माल्टा पठाई प्रतिष्ठित होटलमा मासिक १ लाख २० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);