एजेन्सी,१७ माघ । हसन अहमद अल–शीहीले मंगलवार आधिकारिक रूपमा सिरियाका विदेशमन्त्री फैसल मेकदादलाई आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ । जुन १३ वर्षमा सिरियाका लागि संयुक्त अरब इमिरेट्स (युएई) को राजदुत बन्नुभएको हो ।
सिरियाको राजधानी दमास्कसमा मेकदादसँगको भेटमा अल–शिहीले सिरियाली पक्षलाई दुई देशबीचको द्विपक्षीय सम्बन्ध बढाउने आफ्नो प्रतिवद्धताबारे जानकारी गराउनु भयो । युएईका राजदुतले दुई अरब राष्ट्रबीचको सहयोगलाई सुदृढ गर्न र आपसी प्रगति हासिल गर्न काम गर्ने प्रतिवद्धता पनि जनाउनु भयो । आफ्नो पक्षको लागि, मेकदादले चुनौतीपूर्ण समयमा सिरियाको लागि युएईको ऐक्यवद्धता र समर्थनको लागि सिरियाको प्रशंसा व्यक्त गर्नुभयो । युएई दुतावास २०१८ मा सिरियामा पुनः खोलिएको हो । तबदेखि कुटनीतिक मिसनको चार्ज डी अफेयर्सले जिम्मेवारी सम्हाल्दै आएको छ ।
हालैका वर्षहरूमा सिरिया र युएई बीचको सम्बन्धमा सुधार आएको छ । युएईले गत वर्ष सिरियालाई अरब लिगमा फिर्ता ल्याउन र गत वर्ष फेब्रुअरीमा गएको विनाशकारी भूकम्पमा महत्वपूर्ण राहत सहायता प्रदान गर्न भुमिका खेलेको थियो । सिरियाली राष्ट्रपति बसर अल–असदले २०२२ मा खाडी देशको भ्रमण गर्नुभएको थियो । २०११ मा सिरियाको गृहयुद्ध शुरु भएपछि युएईले सिरियाबाट आफ्नो राजदुतलाई फिर्ता बोलाएको थियो ।