काठमाडौं,१७ माघ । कैलालीको अत्तरीयामा सञ्चालन भएको सुदुरपश्चिम प्रादेशिक महोत्सवमा नक्कली टिकट बिक्रि गरेको आरोपमा एकजना मेयरका स्वकीय सचिवसहितलाई पक्राउ पुर्जी जारी भएको छ । टिकट बिक्री गरेको भन्दै २ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
गत २६ पुसदेखि माघ ७ गते अत्तरिया उद्योग वाणिज्य संघले वाणिज्य संघले प्रादेशिक महोत्सव आयोजना गरेको थियो । सोही महोत्सवमा नक्कली प्रवेश टिकट बिक्री गरेको भन्दै मंगलबार कैलाली प्रहरीमा किटानी जाहेरी परेको थियो ।
टिकट व्यवस्थापनको जिम्मा पाएका उद्योग वाणिज्य संघका सचिव तथा गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र महराको स्वकिय सचिव दिलिपकुमार साउँद र भुवन महाराविरुद्ध जाहेरी परेको थियो ।
महोत्सवको आठौं दिन २८ वटा नक्कली टिकटका ठेली बरामद गरिएका थिए । भुवन दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका स्ववीयु सभापति हुन् । उनीहरुविरुद्ध उद्योग वाणिज्य संघका पदाधिकारीले जाहेरी दिएका थिए ।