कोशीको परिणामले गठबन्धनलाई झट्का,गम्भीर तरिकाले छलफल गर्ने | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

कोशीको परिणामले गठबन्धनलाई झट्का,गम्भीर तरिकाले छलफल गर्ने

काठमाडौं,१७ माघ । सत्तारुढ गठबन्धनले कोशीमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा गठबन्धनका उम्मेदवार पराजित हुनु अप्रत्याशित रहेको बताएको छ । मंगलवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले सो निस्कर्ष निकालेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रिय सभाको निर्वाचन र परिणामको विषयमा प्रारम्भिक समीक्षा र छलफल भएको बताउनु भयो । उहाँले कोशी प्रदेशमा सत्ता पक्षीय गठबन्धनमा हामीले सिट गुमाएको विषयलाई लिएर छलफल भएको बताउनु भयो । उहाँले कोशीमा अप्रत्याशित नतिजा आएको र सो विषयमा प्रारम्भिक छलफल भएको बताउनु भयो । उहाँले उम्मेदवार पराजयको विषयले गठबन्धनमा फरक नपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय सभाको निर्वाचन पश्चात गठबन्धन दलका नेताहरुको बैठक बस्यो । राष्ट्रिय सभाको निर्वाचन र परिणामको विषयमा प्रारम्भिक समीक्षा र छलफल भएको छ । विश्लेषण भएको छ । कोशी प्रदेशमा सत्ता पक्षीय गठबन्धनमा हामीले सिट गुमाएको विषयलाई लिएर छलफल भएको छ । अरु प्रदेशको बारेमा पनि छलफल भएको छ । कोशीमा अप्रत्याशित रिजल्ट आएको छ । यो गम्भीर छ । यसका बारेमा प्रारम्भिक छलफल भएको छ । गठबन्धन एकमुष्ठ छ, एकीकृत छ । गठबन्धनमा प्रभाव पार्ने स्थिति छैन । परिणाम अप्रत्याशित र गम्भीर भएकाले गम्भीर तरिकाले छलफल गर्नुपर्छ ।’

प्रमुख सचेतक लेखकले कोशीको परिणाम अप्रत्याशित र गम्भीर भएकाले गम्भीर तरिकाले छलफल हुने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);