वामदेव गौतमको दाबीः नेपालमा कृषि क्षेत्रबाट तत्काल ६० लाखलाई रोजगारी दिन सकिन्छ | ईमाउण्टेन समाचार

Our Network

मंसिर १४ २०८१, शुक्रबार

वामदेव गौतमको दाबीः नेपालमा कृषि क्षेत्रबाट तत्काल ६० लाखलाई रोजगारी दिन सकिन्छ

काठमाडौं, १५ माघ ||
राष्ट्रिय सभा सदस्य एवं पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले मुलुकमा कृषि क्षेत्रबाट तत्काल ६० लाख मानिसलाई रोजगारी दिन सकिने दाबी गर्नुभएको छ । सांसद गौतमले नेपालमा तत्काल रोजगारीको अवसर दिने क्षेत्र कृषि भएको जिकिर गर्दै यसबाट हरेकले महिनामा तत्कालै ५०÷६० हजार आम्दानी गर्ने भएकाले यो क्षेत्रको विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने बताउनु भयो । सोमवार संघीय संसद, राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उहाँले कृषि क्षेत्रको योजनावद्ध विकास हुन नसक्दा काम गर्ने जनशक्ति विदेश पलायन हुन बाध्य भएको पनि बताउनु भयो । सांसद गौतमले नेपालमा विश्वमा नै नभएको सबै खालको खेतीबाली उत्पादन गर्ने जमिन भएकाले जनसंख्या व्यवस्थापनसहित मुलुकको आर्थिक क्षेत्रमा उलटफेर ल्याउन कृषि क्षेत्रको विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले कृषिलाई प्राथमिकता नदिएर मुलुकमा जनसंख्याको उचित व्यवस्थापन गर्न नसकिने तर्क समेत गर्नुभयो । सांसद गौतमले कृषियोग्य जमिनलाई खण्डिकरण नगर्न पनि सरकारलाई सचेत गराउनु भयो । सदस्य गौतमले महिनामा एक लाख तलव कम्तिमा पाउने गरी दक्ष जनशक्तिलाई मात्रै वैदेशिक रोजगारमा पठाउन पनि सरकारलाई सुझाव दिनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);