आगामी अधिवेशनमा समितिमा रहेका विधेयकहरु टुङ्गोमा पुर्याउन आवश्यक छः मन्त्री शर्मा | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

आगामी अधिवेशनमा समितिमा रहेका विधेयकहरु टुङ्गोमा पुर्याउन आवश्यक छः मन्त्री शर्मा

काठमाडौं, १५ माघ ||
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी संसद अधिवेशनमा समितिमा रहेका विधेयकहरु टुङ्गोमा पु¥याउन आवश्यक रहेको बताउनुभएको छ । सोमवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सार्वजनिक सेवा प्रशारण विधेयकको सम्बन्धमा भएको छलफलमा बोल्दै सञ्चार मन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले सरकारले संसद अधिवेशनमा धेरै अन्य विधेयकहरु पेश गर्ने तयारी रहेको बताउनु भयो । उहाँले माघ २२ गते सरकारले हिउँदे अधिवेशन बोलाएकाले समितिमा विचाराधिन रहेको धेरै भन्दा धेरै विधेयक पेश गर्ने तयारी गरिरहेको बताउनु भयो । उहाँले उन्नत स्तरको स्वतन्त्र र जनउत्तरदायी सरकारी मिडिया बनाउन रेडियो नेपाल र नेपाल टेलिभिजनलाई मर्ज गर्ने गरी विधेयक आएको बताउनु भयो । उहाँले सरकारको उद्देश्य सरकारी मिडियालाई जनताको अपेक्षा र सरकारको कामसँग जोड्ने गरी विधेयक ल्याउन लागेको बताउनु भयो । उहाँलेसरकारी सञ्चार माध्यम जनताप्रति उत्तरदायी हुनुपर्ने बताउनु भयो । मन्त्री शर्माले मुल विधेयक र संशोधन भएको विधेयकमा पनि दफाबार छलफल गरेर समितिले आवश्यक संशोधन गर्ने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);