काठमाडौं,१४ माघ । नेपालगन्ज विमानस्थल बाक्लो हुस्सु र शीतलहरले प्रभावित भएको छ । विमानस्थलबाट काठमाडौं,पोखरा,हिमाली, पहाडी जिल्लाहरुमा हुने उडानहरु २ दिनदेखि अबरुद्ध भएको हो ।
उडानका लागि १६ सय मिटर भिजिबिलिटी आवश्यक पर्ने भएकाले शनिबारदेखि ७÷८ मिटर मात्रै भिजिविलिटी भएका कारण उडान हुन नसकेको विमानस्थलले जनाएको छ ।
यात्रुहरु मौसम सफा हुने आसामा बसेका छन् । २ दिनदेखि उडान अबरुद्ध हुँदा उपचारका लागि काठमाडौं जान लागेका यात्रुहरु भने समस्यामा परेका छन् ।
सो विमानस्थलबाट तारा एयर,नेपाल एयरलाइन्स,समिट एयरलाइन्सले उडान भर्दै आएका छन् ।