‘स्वार्थ’ मा प्रधानमन्त्रीको अग्रसरता - ‘३० वर्षे’ हटाउने कसरत | ईमाउण्टेन समाचार

Our Network

जेठ २७ २०८३, बिहीबार

‘स्वार्थ’ मा प्रधानमन्त्रीको अग्रसरता – ‘३० वर्षे’ हटाउने कसरत

serbahadur

काठमाडौं, ११ माघ । उच्च प्रहरी अधिकृतहरूको अनावश्यक दरबन्दी थप्ने ‘चलखेल’ सँगै नेपाल प्रहरीमा सेवा अवधि बढाउने कसरत सुरु भएको छ ।त्यसका लागि प्रहरीमा हाल रहेको ३० वर्षे सेवा अवधिपछि अवकाश हुने व्यवस्था हटाउने कसरत भएको हो ।

स्रोतका अनुसार आगामी चैत २८ मा अवकाश पाउन लागेका केही उच्च प्रहरी अधिकृतको ‘स्वार्थ’ मा प्रधानमन्त्री शेरबहादुर देउवाले नै यसमा अग्रसरता लिएका छन् ।३० वर्षे सेवा अवधि हटाउने व्यवस्थासहितको प्रस्तावित संघीय प्रहरी ऐन अध्यादेश मन्त्रिपरिषद्बाट पारित गराउन छलफल सुरु भएको छ ।

अध्यादेश जारी भए प्रहरी नियमावलीमा रहेको ३० वर्षे सेवा अवधिको व्यवस्था खारेज हुनेछ ।प्रहरी नियमावली, २०४९ ले ३० वर्ष सेवा अवधि पुगेपछि प्रहरीले अनिवार्य अवकाश पाउने व्यवस्था गरेको छ ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

ताजा समाचार

Test Post Created

१ घन्टा अघि

test123123

१० घन्टा अघि

test123123

१० घन्टा अघि