कनेक्टिभिटी र पूर्वाधार विकासको ढोका खोल्ने गृहमन्त्री श्रेष्ठको विश्वास | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

कनेक्टिभिटी र पूर्वाधार विकासको ढोका खोल्ने गृहमन्त्री श्रेष्ठको विश्वास

काठमाडौं,१४ माघ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले चीनको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ बिआरआई अवधारणा दक्षिण एशियाको आर्थिक परिदृश्यलाई आकार दिने महत्वपूर्ण साधन भएको टिप्पणी गर्नु भएको छ ।

सिल्क रोड इन्टरनेसनल थिङ्क ट्याङ्क एक्स्चेन्ज सेन्टर, चीनको बेइजिङ भाषा तथा साँस्कृतिक विश्वविद्यालय र साइनो नेपाल मिडिया सोसाइटीले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले बिआरआई अवधारणा दक्षिण एशियाको आर्थिक परिदृश्यलाई आकार दिने महत्वपूर्ण साधन भएको टिप्पणी गर्नु भएको हो ।

उहाँले कनेक्टिभिटी, पूर्वाधार विकास र आर्थिक सहयोग अभिवृद्धिमा बिआरआईले जोड दिएको उल्लेख गर्नुभयो । बीआरआई नयाँ सम्भावना खोल्ने, व्यापारलाई सहज बनाउने र आर्थिक वृद्धिलाई प्रोत्साहन गर्ने माध्यम भएको भन्दै उहाँले नेपाल–चीन सम्बन्ध सदियौँ पुरानो तथा पारस्परिक सम्मान, समझदारी र सहयोगमा आधारित रहेको बताउनु भयो । उहाँले दुई देशबीचको सम्बन्ध कुटनीतिक र आर्थिक क्षेत्रमा मात्र नभई सांस्कृतिक र शैक्षिक क्षेत्रमा पनि प्रगाढ हुँदै गएकामा खुशी व्यक्त गर्नुभयो । उपप्रधानमन्त्री श्रेष्ठले सडक, पुल र ऊर्जालगायत ठूला परियोजनाबाट बढाइएको ‘कनेक्टिभिटी’ले द्विपक्षीय सम्बन्धलाई बलियो बनाएको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);