आजदेखि धरहरा र काठमाडौँ टावरमा निःशुल्क पार्किङ गर्न पाइने | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

आजदेखि धरहरा र काठमाडौँ टावरमा निःशुल्क पार्किङ गर्न पाइने

काठमाडौं,१४ माघ । काठमाडौँ महानगरपालिकाले आजदेखि धरहरा क्षेत्रमा निःशुल्क पार्किङ गर्न दिने भएको छ । महानगरपालिकाले न्युरोड क्षेत्रको सडकमा सवारी पार्किङ निषेध गरेपछि सवारी चालकहरूलाई सहज पार्किङ स्थल उपलब्ध गराउने भएको हो ।

धरहरासँगै निर्माण गरिएको भवनको पहिलो तलामा निःशुल्क पार्किङ सेवा दिने महानगरले जनाएको छ । महानगर प्रहरी बलका अनुसार धरहरा क्षेत्रका साथै पुरानो बसपार्क अर्थात काठमाडौं टावर क्षेत्रमा सर्वसाधारणका लागि निःशुल्क पार्किङको व्यवस्था मिलाईएको हो ।

५० हजार स्क्वायर फिट क्षेत्रफल निःशुल्क पार्किङका लागि उपलब्ध गराईएको बताईएको छ । न्युरोड क्षेत्रमा महानगरले पार्किङ निषेध गरेपछि विकल्पको रूपमा धरहरा र काठमाडौं टावरमा निःशुल्क पार्किङको ब्यवस्था मिलाइएको हो । सो पार्किङ क्षेत्रमा पार्किङ गरे बापत कुनै शुल्क लाग्ने छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);