डिजिटलाइजेशनको सँगसँगै ट्रान्जेक्शन व्यवसाय गर्ने शैली परिवर्तन भइसक्यो : मन्त्री महत | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

डिजिटलाइजेशनको सँगसँगै ट्रान्जेक्शन व्यवसाय गर्ने शैली परिवर्तन भइसक्यो : मन्त्री महत

काठमाडौं,१२ माघ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले चालु आर्थिक वर्षमा निर्धारण गरेको लक्ष्यअनुसार राजश्व उठ्न नसकेको बताउनुभएको छ । शुक्रवार अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले राजश्वको दृष्टिकोणबाट सरकार अझै धेरै दबाबमा रहेको बताउनु भयो । उहाँले राजश्व केही वृद्धि भएपनि लक्ष्यअनुसार उठ्न नसकेको बताउनु भयो । उहाँले राजश्व संरचनामा परिवर्तनका कारण र लक्ष्यअनुसार उठ्न नसकेको बताउनु भयो । उहाँले व्यवसायलाई अनलाइन प्रणालीमा ढाल्न नसके सबै किसिमका व्यवसायलाई हेर्न नसकिने बताउनु भयो । उहाँले आन्तरिक राजश्व कार्यालय र भन्सार कार्यालयले आफूलाई प्रविधिमैत्री बनाउँदै लैजान जरुरी रहेको बताउनु भयो । विद्युतीय सवारीसाधनहरुको आयात इन्धनमुखी सवारीको भन्दा दोब्बर बढी भएकाले पनि भन्सार राजश्व कम उठेको बताउनु भयो । इन्धनमुखी सवारीसाधनको तुलनामा विद्युतीय सवारीसाधनको भन्सार न्युन राखेकाले पछिल्लो आँकडामा ३४/३५ अर्ब कम भन्सार राजश्व उठेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले हामी राजश्वको दृष्टिकोणबाट अझै धेरै दबाबमा छाँ । राजश्व केही वृद्धि भएको छ । तर हामीले जुन लक्ष्य निर्धारण गरेका थियौँ, त्यो अनुसार हुन सकेको छैन । त्यो नहुनुको कारण एउटा त राजश्व संरचनामा परिवर्तन आइरहेको छ । डिजिटल युगमा संसारै अगाडि बढेको छ, हामी पछि पछ्याउँदै छौँ । यो डिजिटलाइजेशनको सँगसँगै अब ट्रान्जेक्शन व्यवसाय गर्ने शैली परिवर्तन भइसकेको छ । हामीले पनि आफ्नो शैलीलाई, तौरतरिकालाई त्यही अनुसार नढाल्ने हो भने हामी यो सबैखाले डिजिटलबेस व्यवसाय छ, त्यसलाई क्याप्चर गर्न सक्दैनौँ । त्यसबाट प्राप्त हुने जुन राजश्व छ, त्यो राजश्व हामी लिन सक्दैनौँ । यसमा आन्तरिक राजश्व कार्यालयको अझ ज्यादा अगाडि बढ्नुपर्ने अवस्था छ । धेरै व्यवसाय डिजिटलबेस भएको छ । त्यस्तै भन्सार कार्यालयले पनि आफूलाई एकदमै अपडेट गरेर लैजानुपर्नेछ । अहिले भन्सारको कुरा गर्दा हिजो हामी गाडी आयात जुन नेपालमा हुन्छ, त्यो इन्धनमा आधारित थियो । पेट्रोल र डिजेलमा आधारित थियो । अहिले इभीको आयात इन्धनमा आधारित गाडीहरुको भन्दा डबल नै भएको छ । यो पछिल्लो समयमा र हामीले इभीलाई प्रमोट गर्ने हिसावले जुन अत्यन्त न्युन, इन्धनबेस भेकलको तुलनामा न्युन भन्सार दर राखेका छौँ । त्यसले गर्दा मात्रै अहिलेकै पछिल्लो आँकडामा ३४÷३५ अर्ब कम भन्सार राजश्व उठेको छ । त्यसले गर्दा जुन हामी परम्परागत हिसावबाट जुन रावश्व वृद्धिको आँकलन गरिरहेका थियौँ, र यही इभी एडप्टेशनको पनि जुन प्रक्षेपण गरेका थियौँ । त्यो भन्दा ज्यादा आम नागरिकहरु त्यतातिर उन्मुख छन् । जसले गर्दा हाम्रो राजश्वको लक्ष्य प्राप्त गर्न थप कठिनाइ आएको छ ।’

मन्त्री महतले अनलाइन प्रणालीलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न जरुरी रहेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);