सरकारले २०८१—२०९१ को दशकलाई आन्तरिक रोजगार प्रवद्र्धन दशकका रुपमा अघि बढाउने | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

सरकारले २०८१—२०९१ को दशकलाई आन्तरिक रोजगार प्रवद्र्धन दशकका रुपमा अघि बढाउने

काठमाडौं, ११ माघ ||
सरकारले २०८१—२०९१ सम्मको दशकलाई आन्तरिक रोजगार प्रवद्र्धन दशकको रुपमा अघि बढाउने भएको छ । बिहीवार काठमाडौंमा नबिल दक्ष प्रवासी उद्यमशील कर्जाको औपचारिक शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले यस्तो बताउनुभएको हो । उहाँले सरकारले वैदेशिक रोजगारीको विकल्प भनेको आन्तरिक रोजगारी भएकाले सरकारले २०८१ देखि २०९१ सम्मको दशकलाई आन्तरिक रोजगार प्रवद्र्धन दशकको अभियानको रुपमा अघि बढाउन गृहकार्य गरिरहेको बताउनु भयो । उहाँले आन्तरिक रोजगारी बढाउन नसकेसम्मका लागि । वैदेशिक रोजगारीमा जानेकुरालाई व्यवस्थित र अनियमितताको नियन्त्रण गर्नु रहेको बताउनु भयो । उहाँले मुलुकको अर्थतन्त्र बिस्तारै लयमा गइरहेको बताउनु भयो । उहाँले अर्थतन्त्रको अवस्था सबल नभएकाले बेरोजगारी, गरिबी लगायतका समस्या समाधान गर्न नसकेको जिकिर गर्नुभयो । उहाँले दैनिक विदेश पलायन भएका युवाहरुसँगै स्वदेश फर्किरहेका युवाहरुको बारेमा पनि तथ्यांक सार्वजनिक गर्न आवश्यक रहेको बताउनु भयो । मन्त्री भण्डारीले श्रम मन्त्रालय अन्तर्गत रहेको प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ७५३ पालिकामा पु¥याउन र वैदेशिक रोजगारीमा गएकाहरुको सम्पूर्ण विवरण राख्ने काममा रोजगार सेवा केन्द्र स्थापना गरी काम भइरहेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);